छठ पूजाको तयारी पूरा,साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

320 Shares

सर्लाहीमा छठपर्वका व्रतालुले छठपूजाको तयारी पुरा गरेका छन् ।छठपर्वको मुख्य दिन व्रतालुले सोमबार(आज)साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन्।भने मंगलबार बिहान उदायँदो सूर्यलाई अर्घ दिएपछि छठपर्व विधिवत रुपमा सम्पन्न हुन्छ ।
परिवारको चिरायु र सुख शान्तीको कामना सहित मनाईने छठपर्वमा चढाउनका लागि सबै सामग्री जुटाएर व्रतालु नजिकको पूजास्थल अर्थात् छठघाटमा सोमबार(आज)साँझ जान्छन् ।व्रतालुले पर्वको दोस्रो दिन खरना विधी गर्दै निर्जल उपवास सुरु हुन्छ ।आईतबार(हिजो)बेलुकी घरमा खीर बनाएर चन्द्रमालाई अर्पण गरी खाइएको छ ।

IMG-20251027-WA0009.jpg
छठपर्वका लागि सर्लाहीका प्रत्येकजसो खोला किनार,पोखरी,नहर र अन्य जलाशयमा छठघाट तयार पारिएको छ।व्रतालुले छठपूजाका लागि केरा,उखु,अदुवा,नरिवल,मुला,सखरखण्ड र सुपारी लगायतका सामग्री तयार पारिसकेका छन् ।छठको प्रसादका रुपमा प्रयोग हुने ठेकुवा,भसुवा र कसार लगायतका परिकार पकाएर तयार पारिसकिएको छ।पूजास्थलमा अर्घ दिने सामाग्री लाँदा बाँसको टोकरी,नाङ्लो र सिपुली लगायतको प्रयोग गरिन्छ ।

IMG-20251027-WA0006.jpg
सोमबार(आज)दिउँसो तीन बजेपछि व्रतालुसँगै परिवारका सदस्यसमेतले पूजा सामग्री बोकेर पूजास्थलमा पुग्छन्।सर्लाहीमा छठघाट निर्माणको काम पनि सम्पन्न भइसकेको छ ।मधेशमा मात्रै सिमित छठपर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित पहाडी र हिमाल क्षेत्रमा समेत मनाउन थालिएको छ ।

सम्बन्धित समाचार