Close This

नगर प्रमुख यादव अदालतमा रु ३० हजार धरौटी बुझाएर रिहा,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-२० गते   १९९२ पटक हेरिएको

सिरहाको मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण यादव रु ३० हजार धरौटीमा आज(सोमबार) रिहा हुनु भएको छ । ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएका नगर प्रमुख यादव आज(सोमबार) रु ३० हजार धरौटीमा रिहा हुनु भएको हो ।
थुनछेक बहस हुँदा उहाँ धरौटीमा छुट्नु भएकोे जिल्ला अदालत सिरहाका श्रेस्तेदार जगदिश भट्टराईले जानकारी दिनु भयो । कोरोना संक्रमणको बेला मिर्चैया नगरपालिका २ मा दुई स्थानीय युवाहरुले राहत वितरण गर्दा नगर प्रमुख यादवका समर्थकहरुले नगरपालिकाले राहत वितरणमा एकद्वार प्रणाली बनाउने निर्णय गर्दा किन राहत वितरण आफू खुसी गरेको भन्दै रोक्न खोजेको थियो । सो विषयमा २०७६ चैत ११ गते दुई पक्षबीच झडप हुँदा मिर्चैयाका विजयकुमार यादव (अमोद) र सोहन यादव घाइते भएका थिए ।
घाइते सोहनका बुबा राजगीर यादवले ज्यान मार्ने उदेश्यका साथ आक्रमण गरेको भन्दै प्रहरीमा नगर प्रमुख यादव, शिवशंकर कापरीलगायत मानिसहरु विरुद्ध जाहेरी दर्ता गराउन पुगे पनि प्रहरीले उनको जाहेरी दर्ता गरेन् । पछि उनी सरकारी वकिल कार्यालय पुगे त्यहाँ पनि उनको मुद्दा दर्ता भएन । त्यसपछि उच्च अदालत राजविराजबाट परमादेश गराएर प्रहरीमा मुद्दा दर्ता गराएका थिए ।
आरोपित कापरीसहित प्रहरीले सरकारी वकिल कार्यालय सिरहामा मुद्दाको मिसिल बुझाएको थियो । सरकारी वकिलको कार्यालयले नगर प्रमुख यादवमाथि मुद्दा नचलाउने आंशिक निर्णय गरेपछि पीडितहरु उच्च सरकारी वकिल कार्यालय राजविराज पुगेका थिए ।
उच्च सरकारी वकिल कार्यालय राजविराज सप्तरीबाट २०७८ मंसिर ३ मा प्रतिवादी नगर प्रमुख यादव उपर थप अनुसन्धान गरी मुद्दा चलाउनुपर्ने निर्णय गरेको पछि नगर प्रमुख यादवलाई हाजिर हुन र हाजिर नभए पक्राउ गरी बयानका लागि पेश गर्न सरकारी वकिल कार्यालयले ईलाका प्रहरी कार्यालय मिर्चैयालाई पत्राचार गरेको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालय सिरहाले मंसिर ७ गते नै नगर प्रमुख  यादवलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय मिर्चैयालाई पत्राचार गरे पनि प्रहरीले उनलाई तत्कालै पक्राउ गरेनन् । म्याद पु¥याएर नगर प्रमुख यादव एकै पटक अदालतमा हाजिर हुनु भएको सरकारी वकिल कार्यालय सिरहाका प्रमुख तथा जिल्ला न्यायधिवक्ता सन्तोष भण्डारीले बताउनु भयो ।अदालतमा आफैँ हाजिर हुनु भएका नगर प्रमुख यादवलाई आज(सोमबार) अदालतले रु ३० हजार धरौटीमा रिहा गरेको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech