Close This

एमाले सर्लाहीद्धारा वृद्धाश्रमका वृद्धवृद्धालाई फलफूल वितरण तथा सम्मान

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-११ गते   ४०९ पटक हेरिएको

नेकपा (एमाले) जिल्ला कमिटी सर्लाहीले १५ औं लोकतन्त्र दिवसको अवसरमा जेष्ठ नागरिक सम्मान गरेको छ ।
लालबन्दी नगरपालिका २ जुट्पानीमा रहेको पद्म भुवनेश्वरी नमुना बृद्धसेवाश्रमका वृद्धवृद्धा बा–आमालाई फलफूल वितरण गर्नुको साथै बृद्धसेवाश्रमका संरक्षक बासुदेव शरण कोईराला र उहाँकी धर्मपत्नी मंजु कोइरालाई दोसल्ला ओढाएर सम्मान गरिएको नेकपा(एमाले) सर्लाअीले जनाएको छ । 
नेकपा(एमाले) सर्लाहीका  अध्यक्ष रेवती पन्तको अध्यक्षता तथा ज्प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती, प्रदेश सभा सदस्य बेची लुङ्गेली, नेता सुरेन्द्र लामा,चुडामणि वाग्ले  लगायत नेकपा(एमाले) सर्लाहीका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।   १५ औं लोकतन्त्र दिवसको अवसर पारेर नेकपा(एमाले) सर्लाहीले वृद्धसेवाश्रमका वृद्धवृद्धाहरुलाई सम्मान गरेको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech