घोडगधा(निलगाई)को आतंकले सर्लाहीका किसान हैरान

869 Shares

गणेश खड्का
सर्लाहीमा घोडगधा(निलगाई)ले दुःख दिन थालेपछि किसानहरु हैरान भएका छन् । घोडगधा(निलगाई)ले बालिनाली खाइदिँदा जिल्लाका किसानहरु हिैरान भएका हुन ।बर्खामा धान,मकै,उखु,कोदो,परवललगायत बालिनाली खाएर हैरान बनाएको घोडगधा(निलगाई)ले अहिले गहुँ,मुसुरो,चना,लहरी,टमाटरजस्ता बालि खाएर दुःख दिने गरेको हरिपुर नगरपालिका १ का किसान रामजी महतोले गुनासो गर्नुभयो । उहाँका अनुसार विशेषगरी जंगल आसपासका खेतबारीमा आएर घोडगधा(निलगाई)ले बालिनाली खाने गरेको छ ।
गाईगोरुजस्तै ठूलो प्रजातिको र तीव्र गतिमा दौडिन सक्ने पशु भएकाले घोडगधा(निलगाई)ले एकै पटकमा धेरै बालिनालीमा क्षति पु¥याउने गरेको इश्वरपुर नगरपालिका ४ का पदम तामाङले बताए । उनका अनुसार नजिकै सागरनाथ वन विकास परियोजना रहेको र परियोजना भित्रको आगलागी भएकाले जंगलमा खानेकुरा केही नभएकाले घोडगधा(निलगाई) बस्ती छिरेर खेतीबालि खान थालेको हो ,
सुक्खा मौसमका कारण वन जंगलमा यतिबेला पिउने पानी र घाँसपात पनि कम छ। त्यसले पनि गाउँबस्तीमा प्रवेश गरेर घोडगधा(निलगाई)ले किसानहरुको बालीनाली खान थालेको सागरनाथ वन विकास परियोजनाका प्रमुख राम किशोर यादवले बताए । उनका अनुसार जिल्लाको ईश्वरपुर,लालबन्दी,हरिवन,बागमती,बरहथवा,हरिपुरका साथै महोत्तरी र रौतहटको जंगलमा ठुलो संख्यामा घोडगधा(निलगाई) बस्ने गरेका छन्।
यतिबेला जंगल क्षेत्रमा डढेलो लागेको र सुख्खायाम भएकाले पनि घोडगधा(निलगाई)ले गाउँ आसपासका क्षेत्रलाई आफ्नो बासस्थान बनाउन थालेका डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख मन्जुर अहमद्ले बताए । उनका अनुसार जंगलमा डढेलो लागेको छ,चर्ने खाने कुरा केही छैन् । पानीका मुहानहरु सुकेका छन् तयस कारण पनि घोडगधा(निलगाई)गाउँ पस्ने र बालिनाली खाने गरेका छन् ।
८÷१० वर्षअघिसम्म सर्लाही,रौतहटलगायत जिल्लामा घोडगधा(निलगाई)थिएनन्। अहिले यी घोडगधा कहाँबाट यता आए र किन यसरी तीव्र गतिमा फैलिए छुट्टै अनुसन्धानको विषय भएको डिभिजन वन कार्यालय सर्लाहीको भनाई छ ।
जिल्लाको लालबन्दी नगरपालिका १ स्थित रहेको  उष्ण प्रदेशीय बागबानी केन्द्र नवलपुरको बगैँचा र जंगल क्षेत्रलाई घोडगधा(निलगाई)ले आफ्नो बासस्थान बनाइरहेको केन्द्रका निमित्त प्रमुख राम कुमार यादवले बताए । उनका अनुसार केन्द्रको बगैँचामा घोडगधा(निलगाई) प्रवेश नगरोस् भनेर तारबारसहित पक्की पर्खालले घेरिएको भएपनि धेरै वर्षदेखि बगैँचा भित्रै रहेका घोडगधा(निलगाई)ले केन्द्रको बगैँचा भित्र रहेका फलफुलका बोटविरुवा, खाएर दुःख दिने गरेका छन् ।
चारैतिर अग्लो पर्खाल लगाएपछि बाहिरबाट केन्द्रमा घोडगधा प्रवेश गर्ने क्रम रोकिए पनि विगतदेखि भित्रै बस्ने गरेका सयौँको संख्याका घोडगधा(निलगाई)हरुको आतंक भने अहिले पनि उस्तै रहेको केन्द्रका निमित्त प्रमुख यादवले बताए ।

सम्बन्धित समाचार