समाजसेवी दाहालले गरे गम्बालाई सहयोग,लालबन्दीमा रक्तदान

231 Shares

सर्लाहीको लालवन्दी नगरपालिका–११ स्थित वौद्ध गुम्बामा स्थानीय समाजसेवीले विभिन्न किसिमका सामानहरु सहयोग गरेका छन्।लालवन्दी नगरपालिका–११ स्थित वौद्ध गुम्बामा पंखा,कुर्सी र कार्पेट लगायतका सामाग्री सहयोग प्राप्त भएको गुम्बा व्यवस्थापन समितिले जनाएको छ ।लालबन्दी नगरपालिका–८ का स्थानीय समाजसेवी हेमराज दाहाल(सन्तोष)ले बौद्ध धर्म विकास प्रवर्तन तथा संवद्र्धन समितिका सदस्य श्री विश्व लामाको तथा सोही गुम्वाका धर्मगुरु सहितको उपस्थितिमा गुम्बामा पंखा,कुर्सी र कार्पेट लगायतका सामाग्री सहयोग गरेका हुन ।
मेडिकल व्यवसायी दाहालले सर्लाहीका विभिन्न किसिमका बिरामीहरुका लागि विभिन्न किसिमका सामाग्रीहरुका साथै आर्थिक सहयोग समेत गर्दै आएका छन् ।

fa99eb64-7cc7-4971-b38f-342989b8a595 (1).webp
त्यस्तै,लालबन्दीमा आयोजित रत्तदान कार्यक्रममा ६८ जनाले रक्तदान गरेका छन्।लायन्स क्लब अफ लालबन्दी सिटीको अगुवाईमा लालबन्दी नगरपालिका–७ स्थित एनसेल सप अगाडि आयोजना गरिएको कार्यक्रममा ६८ जनाले रत्तदान गरेका क्लबका डिस्टिक चिफ राजकुमार न्यौपानेले जानकारी दिए। कार्यक्रममा स्थानीय समाजसेवी दाहाल सहित विद्यार्थी,युवा,व्यवसायी,क्लबका पदाधिकारी, अन्य सामाजसेवी लगायत सर्वसाधारणहरुले रक्तदान गरेका छन् ।
लायन्स क्लब अफ लालबन्दी सिटी,लालबन्दी सिटी लियो क्लब र आइडिएल को–एड एकेडेमीले समन्वय गरेर रक्तदान कार्यक्रम आयोजना गरेको हो।कार्यक्रममा संकलित रगत रक्तसंचार केन्द्र जनकपुर पठाइएको लायन्स क्लब अफ लालबन्दी सिटीका अध्यक्ष अर्जुन गौतमले जानकारी दिए।

सम्बन्धित समाचार