हरिवन नगरपालिकाद्धारा सय वेडको अक्सिजन सहितको अस्पताल सञ्चालनको तयारी

3.4k Shares

सर्लाहीको हरिवन नगरपालिकाले कोरोना भाईरस(कोभिड १९)लाई लक्षित गरि १०० बेड को अस्पताल र एम्बुलेन्स संचालनमा ल्याउने भएको छ ।  छिमेकी देश भारतका साथै देशका बिभिन्न भागमा कोरोना भाईरस (कोभिड १९) संक्रमणले भयावह रुप लिदै गएको भन्दै हरिवन नगरपालिकाले १०० बेडको अस्पताल र एम्बुलेन्स संचालनमा ल्याउने तयारी गरेको हो । 
नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै हरिवन नगरपालिका ४ को सासापुर स्वास्थ्य चौकिमा अक्सिजन सहितको ४० बेड र नवजिवन हस्पिटल हरिवनमा ६० बेड अक्सिजन सहितको अस्पताल संचालनमा ल्याउने तयारी गरेको नगर प्रमुख  गणेश प्रसाईले जानकारी दिनु भयो ।
नगरबासीले अकालमा ज्यान गुमाउन नपरोस भनेर स्वास्थ्यकर्मीहरु समेत तयारी अवस्थामा राखिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । कोरोनाबाट गम्भिर बिरामी भएका नागरिकहरुको चेकजाँचका लागि अक्सिजन मिटर समेतको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । साथै गंभिर बिरामीहरुको थप उपचारको लागि बाहिर लानु पर्ने भएमा २४ सै घण्टा अक्सिजन सहितको एम्बुलेन्स तयारी अवस्थामा राखिने नगर प्रमुख प्रसाईले बताउनु भयो । 

सम्बन्धित समाचार