किसानका मागलाई लिएर जनमत पार्टिकाे नारावाजी

3k Shares

सर्लाहिकाे लालबन्दी नगरपालिका १ स्थित पुर्व पश्चिम लाेकमार्गमा जनमत पार्टिले किसानहरुका माग लिएर नारावाजी गरेकाे छ । 
आज( बिहिबार) दिउसाे करिब ४ बजेदेखि जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले किसानहरुका मागलाई लिएर नारावाजी गरेका हुन । संजय सिहकाे नेतृत्वमा जिल्लाका विभिन्न स्थानबाट करिब २५ जनकाे समुहमा निस्केका जनमत पार्टीका नेता तथा कार्याकर्ताहरुले किसानहरुका माग सम्बाेधन गर्न उच्चस्तरीय समिति गठन,समयमै मलखाद र बीऊकाे व्यावस्था,सिंचाइकाे व्यावस्था,सिचाइ विजुलीकाे व्यावस्था,हावाहुरी र वर्षका कारण क्षेति भएको बालीनाली वापतकाे राहत,उचित समर्थन मूल्य,उखु किसानको भुक्तानी,किसान कार्डकाे व्यावस्था,सिमानामा सामान ल्याउन सहजता प्रदान,किसान पेन्सन,बालीवीमा,किसानमाथी दमन बन्द गर्नु पर्ने,किसान माथि लगाईएका झुठा मुद्दा खारेज र गिरफ्तार भएका किसानहरूलाई रिहा गर भन्ने नारा लगाई राजमार्गमा प्रदर्शन गरेका हुन । 
बाक्लाे प्रहरी सुरक्षा घेरा भित्र उनिहरुले नवलपुर चाेकमा करिब १ घण्टा नारावाजी गरेका हुन । 

सम्बन्धित समाचार