पुर्व पश्चिम लाेकमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका ७ मा माेटरसाइकल र कार एक आपसमा ठाेक्किदा एकजना गंभिर घाईते भएका छन् ।
पुर्व पश्चिम लाेकमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका ७ मा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेकाे प्रदेश ३-०३-००९ प ८२९६ नम्बरकाे माेटरसाइकल र पुर्वबाट पश्चिम तर्फ आउँदै गरेकाे बा ७ च ५३८ नम्बरकाे कार एकआपसमा ठाेक्किदा माेटरसाईकल चालक पहिचान खुल्न नसकेका एकजना गंभिर घाईते भएका ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
प्रहरीका अनुसार शनिबार साँझ करिब ७:३० बजेकाे दुर्घटनामा संग्लग्न कार,कारका चालक र माेटरसाईकल ईलाका प्रहरी कार्यालय लालबन्दीकाे नियन्त्रणमा रहेका छन् भने घाईते माेटरसाईकल चालकलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात् थप उपचारका लागि वीरगन्ज पठाईकाे प्रहरीले जनाएको छ ।
दुर्घटना हुँदा माेटरसाईकल चालक उच्छिटिएका कारण उनकाे साथमा कुनै कागजात तथा पहिचान खुल्ने कुनै वस्तु नभएको र घाईते अचेत अवस्थामा रहेकाले उनकाे पहिचान खुल्न बाँकी रहेकाे प्रहरीले जनाएको छ ।