सशस्त्र प्रहरी बल नेपालका आईजीपी राजु अर्यालले नियुक्ति भएलगत्तै २०७९ जेठमा देशभरका गण,गुल्म र बीओपीले सादा पोशाकमा सशस्त्र प्रहरी नखटाउन निर्देशन दिएका थिए ।तर आईजीपी अर्यालको निर्देशन अटेर गर्दै गण,गुल्म र बीओपीका प्रमुखहरुले सादा पोशाकका घुमुवा खटाउँदै भन्सारछली तस्करी गर्नेहरुबाट कमिसन असुल्ने काम गरि रहेका छन् । सीमा सुरक्षा र भन्सार छली तस्करी नियन्त्रणका लागि परिचालित सशस्त्र प्रहरीका गण,गुल्म र बीओपीका प्रमुखहरुले घुमुवा खटाएर अतिरिक्त कमाइको माध्यम बनाएको व्यापक गुनासोपछि आईजीपी अर्यालले १ बर्षअघि उक्त निर्देशन दिएका थिए । तर त्यो निर्देशन गण,गुल्म र बीओपीका प्रमुख भएकाहरुले शक्तिको आडमा पालना नगरेको पाइएको छ ।
यसैक्रममा शसस्त्र प्रहरी वल नेपाल नम्बर ८ हे.क्वा.गण धनुषाका गणपति एवम शसस्त्र प्रहरी उपरिक्षक दिनेश मल्लले हवल्दार श्यामसुन्दर प्रसाद यादवलाई जिल्लामा तस्करहरुसंगबाट कमिसन असुल्न खटाएका छन् । सशस्त्रमा १४ बर्षअघि सेवा प्रवेश गरेका श्यामसुन्दर १३ बर्षदेखि धनुषाको गणमा घुमुवा मै कार्यरत रहेका छन् । उनको दरबन्दी पर्वतमा छ । तर उनलाई दरबन्दीमा नपठाई शसस्त्र प्रहरी उपरिक्षक मल्लले काजमा राखेर असुली चर्काएका छन् ।
हबल्दार यादवको काम तस्करहरुसँग हप्ता उठाएर शसस्त्र प्रहरी उपरिक्षक मल्ललाई दिने हो ।शसस्त्रका आईजीपी अर्यालको निर्देशन अनुसार सबै पुराना र बदनामी कमाएका घुमुवा लखेटिए पनि हबल्दार यादवलाई शसस्त्र प्रहरी उपरिक्षक मल्लले राखिरहेका छन् । उनले बाहिनीको नाममा समेत तस्करहरुबाट कमिसन उठाउने गरेका पाइएको छ । सीमाबाट तस्करी गर्ने सुरेश साह,उमेश साह,अहसान छोटे,समतुल्लाह लगायतबाट दररेट तोकेर तस्करीको लाइन दिने गरेका छन् । इनर्वा नाकादेखि धनुषाका अन्य नाकाबाट तस्करी गर्नेहरुबाट समेत उनले चर्काे कमिसन असुलेर लाइन दिने गरेका एक शसस्त्र प्रहरी अधिकारीले बताए । नेपालबाट भारततर्फ ठूलो मात्रामा मदिराको तस्करी हुने गरेको छ । अलौदिन,अयूबले गोरुको नाममा गाई समेत नेपालबाट भारततर्फ लाने गरेका छन् ।