सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरको एक अस्पतालबाट लागु औषध सहित एक युवक पक्राउ परेका छन् । लालबन्दी नगरपालिका १ को नवलपुरमा रहेको मोडल हस्पिटलको बाथरुमबाट लागूपदार्थको रूपमा प्रयोग हुने ईन्जेक्शनमा हाल्ने ३ प्रकारको एम्पुल सहित एक युवापक्राउ परेका ईलाका प्रहरी कार्यालय लालबलन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापाले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा बरहथवा नगरपालिका ९ निवासी २५ वर्षिय सुमित गुरुङ रहेका छन् ।
बाथरुममा अचेत अवस्थामा लडिरहेको भन्ने जानकारी पाउना साथ पुगेको प्रहरी टोलीले ती युवकको साथबाट ८ एम्पुल नोर्फिन, ९ एम्पुल लाबोरेट र ९ एम्पुल फेनार्गन बरामद् गरेको हो । हाल उनलाई ईलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा राखेर थप अनुसन्धान जारी रहेको छ ।
त्यसैगरी भारतबाट भन्सार छलेर अवैध रूपमा नेपालतर्फ भित्र्याउँदै गर्दा प्रहरीले ट्रेडमिल मेशिन बरामद् गरेको छ । जीमहलमा दौडन प्रयोग हुने उक्त मेशिन जिल्लाको ब्रहम्पुरी गाउँपालिका ४ स्थित नेपाल भारत सिमाक्षेत्रबाट नेपाल ल्याउँदै गर्दा प्रहरीको गस्ती टोलीले बरामद् गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीका अनुसार गस्ती टोलिलाई देख्ना साथ मेशिन ओसार्ने मानिसहरु भागेका छन् । करिब रु ८० हजार मुल्य पर्ने उक्त मेशिन बरामद् भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।