बर्दिवास ४ मा भएको वन अतिक्रमण अतिक्रमण मुक्त

400 Shares

 महोत्तरीका विभिन्न स्थानमा भएको वन अतिक्रमण हटाउन सुरु गरिएको छ । महोत्तरीको बर्दिवास नगरपालिका ४ स्थित सव डिभिजन वन कार्यालय गढन्ता क्षेत्रमा भएको वन अतिक्रमण हटाईएको डिभिजन वन कार्यालय जलेश्वर महोत्तरीका प्रमुख एवम डिभिजन वन अधिकृत अजय कुमार मिश्रले जानकारी दिए ।
उनका अनुसार पछिल्लो समय जिल्लाको उत्तरी क्षेत्रका वन क्षेत्रमा जग्गा अतिक्रमण बढेको गुनासो आएपछि स्थलगत अवलोकन गरि वन क्षेत्र अतिक्रमण गरिएका ठाउँहरुमा वनकर्मीहरुले हटाउन थालेका हुन्।बर्दिबास नगरपालिका ४ स्थित सव डिभिजन वन कार्यालय गढन्ताको क्षेत्रमा जग्गा खनजोत गरि घेर बेरा गर्न लागिएको करिब चार कठ्ठा जग्गा अतिक्रमण मुक्त गरिएको डिभिजन वन कार्यालय जलेश्वर महोत्तरीका प्रमुख एवम डिभिजन वन अधिकृत मिश्रले बताए ।विशेष सुराकीको आधारमा सव डिभिजन वन कार्यालय गढन्ताका प्रमुख एवम सहायक वन अधिकृत उमेश मण्डलको नेतृत्वमा खटीएको सशस्त्र वन रक्षकसहितको टोलीले सो अतिक्रमित जग्गा खाली गराएको हो ।
रुख मासिएका सोही जग्गालाई खनजोत र काठे पिल्लर गाडी बाँसको घेरबेर गर्न लागेको सूचानको आधारमा खटिएको वनकर्मीहरुको टोलीले अतिक्रमण हटाएको सव डिभिजन वन कार्यालय गढन्ताका प्रमुख एवम सहायक वन अधिकृत मण्डले बताए ।उनका अनुसार वनकर्मीहरुले वनमा गाडिएका करिब २५ वटा पिलर उखेल्नुका साथै बाँसको टाट पनि हटाएका छन् ।अतिक्रमण कसले गरेको हो भन्ने विषयमा सूक्ष्म अनुसन्धान भइरहेको छ । 
महोत्तरीका सामुदायिक वन क्षेत्रका साथै साझेदारी वन क्षेत्र पटक पटक अतिक्रमणको चपेटामा परि रहेको अवस्थामा वन गस्तीलाई विशेष प्राथमिकता दिएर परिचालन गरेपछि अतिक्रमण न्यूनिकरणको अभियान सुरु भएको डिभिजन वन कार्यालय जलेश्वर महोत्तरीले जनाएको छ ।कार्यालयका अनुसार डिभिजन वन कार्यालय जलेश्वर महोत्तरीमा मिश्र प्रमुख भएर गएदेखि करिब छ बिघा अतिक्रमित वन क्षेत्र खाली गराई सकिएको छ ।

सम्बन्धित समाचार