सर्लाहीको हरिपुरबाट शसस्त्र प्रहरीले ठुलो मात्रामा घरेलु मद्यिरा बरामदु गरि नष्ट गरेको छ । हरिपुर नगरपालिका ८ बाट करिब १ सय लिटर घरेलु मदिरा बरामद गरी नष्ट पारिएको शसस्त्र प्रहरी बल नेपाल नं.१० हे.क्वा.गण सर्लाहीले जनाएको छ ।
शसस्त्र प्रहरीले हरिपुर नगरपालिका ८,मा साइकलमा राखेर मलंगवातर्फ लाँदै गरिएको अवस्थामा बरामद् गरि नष्ट गरेको शसस्त्र प्रहरी बल नेपाल नं.१० हे.क्वा.गण सर्लाहीका गणपति शसस्त्र प्रहरी उपरिक्षक भरत खनियाँले जानकारी दिनु भयो । उहाँका अनुसार सशस्त्र प्रहरी बल फरहदवा बेस क्याम्पसका सशस्त्र प्रहरी नायब निरीक्षक (सई) चन्द्रबहादुर क्षेत्रीको नेतृत्वको टोलीले करिब १ सय लिटर घरेलु मद्यिरा बरामद गरि नष्ट गरेको हो ।
दुईवटा ड्रम र दुईवटा ग्यालिनमा लिएर मलंगवा तर्फ जाँदै गरेको अवस्थामा मद्यिरा बरामद गरेको खाल्डो खनेर पुरेर नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ । जिल्लाको उत्तरी क्षेत्रमा व्यावसायिक रुपमा घरेलु मद्यिरा उत्पादन हुने र मलंगवा लगायतका स्थान सम्म पुर्याएर विक्रि वितरण हुने गरेको छ ।