सागरनाथको एमाले निकट संगठन भंग

159 Shares

सागरनाथ वन विकास परियोजना सर्लाहीमा कार्यरत कर्मचारीहरुको क्रियाशील कर्मचारी संगठनले वर्तमान सरकारले गरेको निर्णयलाई स्वागत गर्दै आफ्नो संगठन भंग गरिएको जनाएको छ।नेकपा(एमाले)निकट उक्त संगठनले नेपाल सरकारको शासकीय सुधार र मितव्ययिता सम्बन्धी निर्णयलाई स्वागत गर्दै आफ्नो संगठन विघटनको घोषणा गरेको हो ।संगठनका अध्यक्ष प्रदीप अर्याल र सचिव युवराज कार्कीले संयुक्त रूपमा सूचना जारी गर्दै सरकारको निर्णय अनुसार संगठन भंग गरिएको जानकारी दिएका छन्।
जारी सूचना अनुसार गत २०८२ चैत्र १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको सय बुँदे शासकीय सुधारका कार्यसूचीहरू मध्ये बुँदा नम्बर १२ मा उल्लेखित प्रशासनिक सुधार,पुनर्संरचना र मितव्ययिता सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न यो कदम चालिएको हो ।गत चैत १३ गते बसेको नवगठित मन्त्रिपरिषद् बैठकले कर्मचारी संघ÷संगठनहरू भंग गर्ने निर्णय गरेको थियो।

सम्बन्धित समाचार