११ औं केन्द्रीय महाधिवेशनका लागि एमाले सर्लाहीबाट २२ जना प्रतिनिधि चयन

290 Shares

नेकपा एमालेको ११ औँ केन्द्रीय महाधिवेशनका लागि सर्लाहीबाट २२ जना प्रतिनिधि सर्वसम्मत रुपमा चयन भएका छन्।चार वटा प्रतिनिधि सभा र आठ वटा प्रदेश सभा निर्वाचन रहेको सर्लाहीबाट केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न बनेको पाँच सदस्यीय कार्यदलले २२ जनाको नाम सर्वसम्मत रुपमा घोषणा गरेको नेकपा(एमाले)की नेतृ एवम बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पनाकुमारी कटुवालले जानकारी दिईन् ।
एमाले सर्लाहीका इन्चार्ज एवम केन्द्रीय सदस्य तथा निवर्तमान रक्षा मन्त्री हरिप्रसाद उप्रेतीको नेतृत्वमा केन्द्रीय सदस्यहरु कमलादेवी महतो,रन्जना सरकार,कल्पना कुमारी कटुवाल र जिल्ला अध्यक्ष राजनारायण साह रहेको पाँच सदस्यीय कार्यदल गठन भएको थियो ।

uml1.jpg
उत्त कार्यदलले क्षेत्र नम्बर १ मा खुल्ला तर्फ मनोज कुमार देवकोटा,प्रकाश थापा र माधव सरकार,महिला तर्फ एकावती देवी चौधरी र शान्ती कुमारी लामा,युवातर्फ उज्वल कुमार कार्की,क्षेत्र नम्बर २ मा खुल्ला तर्फ राज नारायण साह,जय प्रकाश यादव,महिला तर्फ राधिका खतिवडा,रेणु पासवान,युवातर्फ रौनित साह,क्षेत्र नम्बर ३ मा खुल्ला तर्फ विदुर कुमार प्याकुरेल,गणेश प्रसाद प्रसाई,रेवती रमण पन्त,महिला तर्फ सरिता घिसिङ र सारदा कुमारी उप्रेती,युवातर्फ मोहन बहादुर रेग्मी र क्षेत्र नम्बर ४ मा खुल्ला तर्फ माधव प्रसाद कोईराला,जयलाल सहनी,महिला तर्फ लालवती देवी राय,युवातर्फ रवि शंकर सिंह कुशवाहाका साथै जिल्लाको दलित तर्फबाट रामचन्द्र मचार गरी २२ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा चयन भएका एमाले सर्लाहीका इन्चार्ज एवम केन्द्रीय सदस्य तथा निवर्तमान रक्षा मन्त्री उप्रेती र जिल्ला अध्यक्ष साहले हस्ताक्षर गरी जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।
मंसिर २७,२८ र २९ गते काठमाडौैंमा हुने महाधिवेशनमा मतदानको अधिकार सहित भाग लिन जाने सर्लाहीका प्रतिनिधि छनौटमा सकस परेपछि जिल्ला इन्चार्जसहित पाँच जनाको कार्यदल बनाई नाम छनौट गर्ने जिम्मेवारी दिइएको थियो।आम कार्यकर्ताले नै निर्वाचन नगर्ने,बरु जिल्लाको नेतृत्वले नामावली तयार पारेर घोषणा गर्ने सहमती जनाउने प्रतिक्रिया दिएपछि कार्यदल गठन गरी प्रतिनिधि छनोटको काम भएको एमाले सर्लाहीले जनाएको छ ।
११ औँ केन्द्रीय महाधिवेशनमा भाग लिनका लागि प्रतिनिधि बन्न मंसिर ११ गते जिल्लाका चार वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा मनोनयन दर्ता भएको थियो । ७४ जनाले उम्मेदवारी दिएका र त्यसमध्येबाट अब २२ जना छनौट गर्नुपर्ने अवस्था आएपछि कार्यदल गठन गरिएको एमाले सर्लाहीले जनाएको छ ।
स्रोतका अनुसार केन्द्रीय अध्यक्षका लागि वर्तमान अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आकांक्षी रहेकाले आफू निकटका नेताहरुलाई प्रतिनिधि बनाउन दुवै पक्ष लागि परेका छन्।सर्लाहीमा पोखरेल पक्षको तुलनामा ओली पक्ष बलियो देखिएको छ ।

सम्बन्धित समाचार