रमेश अधिकारी(रितिक)
सर्लाहीको बागमती नगरपालिका ११ मा भएको सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगितामा जावलाखेल युवा क्लब ललितपुरलाई पराजीत गर्दै मच्छिन्द्र फुटबल क्लब काठमाण्डौँले उपाधि जितेको छ । बागमती नगरपालिका ११ स्थित स्व.सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा भएको सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लब काठमाण्डौँले जावलाखेल युवा क्लब ललितपुरलाई २–१ गोल अन्तरले पराजीत गर्दैे उपाधि जितेको हो ।
बागमती नगरपालिका ११ स्थित स्व.सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा माघ २५ गतेबाट सुरु भएको राजर्षि जनक कप फुटबल प्रतियोगिताको सातौँ संस्करणमा एक विदेशी टिम सहित १२ वटा टिमको सहभागीता रहेकोमा मच्छिन्द्र फुटबल क्लब काठमाण्डौँ विजेता र जावलाखेल युवा क्लब ललितपुर उप विजेता बनेको हो ।
प्रतियोगिताको विजेता मच्छिन्द्र फुटबल क्लब काठमाण्डौँले नगद रु १० लाख सहित रनिङ सिल्ड र उप विजेता जावलाखेल युवा क्लब ललितपुरले नगद रु पाँच लाख प्राप्त गरेको बागमती युवा क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए । उनका अनुसार मच्छिन्द्र फुटबल क्लब काठमाण्डौँले प्रतियोगिताको फाइनल खेलमा जित निकाल्दै सिजनकै पहिले उपाधि उचालेको हो । भने जावलाखेल युवा क्लब ललितपुर यस सिजनको उप विजेता बनेको हो ।
मच्छिन्द्र फुटबल क्लब काठमाण्डौँले राजर्षि जनक फुटबल प्रतियोगिताको हालको संस्करणमा जित निकाल्दै राजर्षि जनक कपको इतिहासमा पहिलो पटक नाम लेखाएको छ भने जावलाखेल युवा क्लब ललितपुर राजर्षि जनक कपको उप विजेताको एतिहाँसमा पहिलो पटक नाम लेखाउन सफल भएको आयोजक बागमती युवा क्लबका महासचिव एवम बागमती नगरपालिका नगर खेलकुद विकास समितिका संयोजक सागर मैनालीले जानकारी दिए ।
यस सिजनको राजर्षि जनक कपको विजेता मच्छिन्द्रले सुदूरपश्चिम–११ धनगढीलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो भने जावलाखेलले संकटा फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको आयोजक बागमती युवा क्लबका सचिव कुमार प्रधानले जानकारी दिए ।
बागमती नगरपालिका र बागमती युवा क्लबको आयोजनामा हरेक वर्ष हुँदै आएको राजर्षि जनक कप फुटबल प्रतियोगिता मधेश प्रदेश कै सर्वाधिक धनरासीको प्रतियोगिता हो । प्रतियोगिताको हाल सम्मको कुनैपनि संस्करणमा प्रदेश तथा केन्द्र सरकारबाट कुनै सहयोग नरहेपनि प्रतियोगिता निरन्तर चलि रहेको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले जानकारी दिए । प्रतियोगिता सञ्चालनका लागि प्रदेश तथा केन्द्र सरकारका सम्बन्धीत मन्त्रालयमा पटक पटक कार्य योजना पेश गरिएको भएपनि आश्वासन बाहेक अरुकेही नपाएको नगरप्रमुख थापाले गुनासो गर्नुभयो ।
आश्वासन धेरै आउँछ तर कहि कतैबाट प्रतियोगिता सञ्चालनका लागि सहयोग प्राप्त नभएको बागमती युवा क्लबले जनाएको छ । मधेश प्रदेशको सरकारको महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयले केही रकम दिने भन्दै सो अनुसारको काम गर्न भनेको भएपनि अहिले सम्म सो रकम प्राप्त नभएको बागमती युवा क्लबका अध्यक्ष मैनालीले बताए ।