Close This

नेपालमा कोरोना संक्रमितको संख्या एक सय एक

पत्र पत्रिका    प्रकाशित: २०७७-१-२५ गते   ३११ पटक हेरिएको

कपिलवस्तुका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या एक सय एक पुगेको छ ।
शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको पीसीआर परीक्षणमा दुई जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिनु भयो ।
उनीहरु कपिलवस्तु ८ निवासी १६ र २२ वर्षका पुरुषहरु हुन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा राखिएको मन्त्रालयले जनाएको छ ।  

त्यसैगरी विराटनगरको कोशि कोरोना अस्पतालमा उपचाररत ८ जना लगातारको पिसिआर रिपोर्ट नेगेटिभ आएको भन्दै डिस्चार्जको तयारीमा रहेका छन । अस्पताल स्रोतका अनुसार उनिहरुलाई आज अर्थात शनिबार डिस्चार्ज गर्ने तयारी गरिएको छ । अब नेपालमा १ सय १ संक्रमित मध्ये २४ जना पहिला नै डिस्चार्ज भई सकेका छन भने शनिबार ८ जना डिस्चार्ज भएपछि ७७ जना उपचाररत अवस्थामा रहने बताईएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech