पत्रकार महासंघ सर्लाहीको नयाँ कार्य समितिलाई चन्द्रनगरले गर्यो सम्मान

260 Shares

नेपाल पत्रकार महासंघ जिल्ला शाखा सर्लाहीको नयाँ कार्य समितिलाई चन्द्रनगर गाउँपालिकाले सम्मान गरेको छ।यही मंसिर २८ गते शुक्रबार भएको निर्वाचनबाट निर्वाचित भएको नयाँ कार्य समितिलाई चन्द्रनगर गाउँपालिका २ बबरगन्जमा गाउँपालिका अध्यक्ष राजकुमार महतोले सम्मान गरेका हुन ।महासंघका नवनिर्वाचित अध्यक्ष ओम प्रकाश ठाकुरसहित अन्य पदाधिकारी,सदस्य र केन्द्रीय परिषद् सदस्यलाई गाउँपालिका अध्यक्ष महत्रोले सम्मान गरेका हुन ।
गाउँपालिका अध्यक्ष महतोले आफू सँधै संचारकर्मी र सरकार बिचको सम्वन्ध सुुमधुर रहनुपर्ने पक्षमा रहेको उल्लेख गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा सर्लाहीका नवनिर्वाचित कार्य समितिलाई सफल कार्यकालको शुुभकामना व्यक्त गरेका छन् ।महासंघको यही २८ गते शुक्रबार देशव्यापी भएको निर्वाचन प्रक्रियाबाट तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन भएको छ ।

सम्बन्धित समाचार