२० वटै स्थानिय निकायमा मतदान अधिकृत खटिए

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-८ गते   २५० पटक हेरिएको

सर्लाहीका २० वटै स्थानिय निकायमा निर्वाचन अधिकृत खटिएका छन् । स्थानीय निकायको निर्वाचन बैशाख ३० का लागि जिल्लाका २० वटै स्थानिय निकायमा निर्वाचन अधिकृत खटिएका जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
स्थानिय निकायको निर्वाचन बैशाख ३० मा हुने भएपछि आज(बिहीबार) जिल्लाका २० वटै स्थानिय निकायमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला नर्विाचन कार्यालय सर्लाहीका कार्यालय प्रमुख दिवाकर भुजेलले जानकारी दिनु भयो । उहाँका अनुसार मलंगवा नगरपालिकामा जिल्ला अदालत सर्लाहीका मुख्य न्यायाधीश ध्रवकुमार पिया, कविलासी नगरपालिकामा मालपोत कार्यालय हरिवनका प्रमुख रमेश प्रसाद गौतम, कौडेना गाउँपालिकामा जिल्ला अदालत सर्लाहीका श्रेस्तेदार विश्वनाथ अर्याल, गोडैता नगरपालिकामा अध्यागमन विभाग काठमाण्डौंका निर्देशक मुकेश कुमार केशरी, ईश्वरपुर नगरपालिकामा सत्य निरुपण तथा मेलमिलाप आयोगका उपसचिव ठाकुरप्रसाद आचार्य, चक्रघट्टा गाउँपालिकामा सर्वाेच्च अदालतका इजलास अधिकृत भीमबहादुर निरौला, चन्द्रनगर गाउँपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव सुकदेव लम्साल,धनकौल गाउँपालिकामा संघीय संसद सचिवालयका उपसचिव शिवदत्त बराल निर्वाचन अधिकृत तोकिनु भएको छ ।
साथै पर्सा गाउँपालिकामा डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख सन्तोष कुमार झा, बरहथवा नगरपालिकामा महान्यायाधीवक्ताको कार्यालय काठमाण्डौंका उपन्यायाधीवक्ता दशरथ पंगेनी, बलरा नगरपालिकामा प्रदेश सभा सचिवालय जनकपुरधामका अधिकृत रंजित कुमार यादव,बसबरिया गाउँपालिकामा संचार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव रामेश्वर पोखरेल,बागमती नगरपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव बिकाउ कुमार यादवले निर्वाचन अधिकृतको जिम्मेवारी पाउनु भएको छ ।
त्यसैगरी ब्रम्हपुरी गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट उपन्यायाधिवक्ता केशवप्रसाद गौतम, रामनगर गाउँपालिकामा लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वासुदेव तिमल्सीना,लालबन्दी नगरपालिकामा महान्यायधिवक्ताको कार्यालय काठमाण्डौंबाट उपन्यायाधिवक्ता विनोदलाल श्रेष्ठ, विष्णु गाउँपालिकामा शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीबाट उपसचिव गीरमान थापा, हरिपुर नगरपालिकामा जिल्ला सरकारी वकिलको कार्यालय सर्लाहीका जिल्ला न्यायाधिवक्ता ऋद्धिनाथ निरौला,हरिपूर्वा नगरपालिकामा कमलामाई नगरपालिका सिन्धुलीबाट उपसचिव शंकरराज लुईटेल र हरिवन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट उपन्यायाधिवक्ता रुद्रप्रसाद आचार्य निर्वाचन अधिकृतको रुपमा खटिएका जिल्ला निर्वाचन कार्यालय सर्लाहीका कार्यालय प्रमुख भुजेलले जानकारी दिनु भयो । 
मुख्य निर्वाचन अधिकृतसहित १९ जना निर्वाचन अधिकृतको बिहीबार(आज)एकैसाथ कार्यालय स्थापना भएको छ । मुख्य निर्वाचन अधिकृतको जिल्ला सदरमुकाम मलंगवास्थित जिल्ला समन्वय समिति सर्लाहीको कार्यालयमा रहने छ भने अन्य १९ वटा स्थानिय नकिायका निर्वाचन अधिकृतहरुको सम्वन्धित पालिकाको कार्यालयमै निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख भुजेलले राससलाई जानकारी दिनु भयो । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय खुलेपछि निर्वाचनको तयारी अझ तीव्र रुपमा अघि बढ्ने बताइएको छ । जिल्ला रहेका २० वटा स्थानिय निकायका २ सय वटा वडाहरुमा ३ सय १८ मतदान स्थल र ५ सय ९९ मतदान केन्द्र रहेका जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech