Close This

बागमती नगरपालिका २ को जन बालकल्याण माविमा छात्रावृत्ति तथा पुरस्कार वितरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-८-२४ गते   १५६४ पटक हेरिएको


सर्लाहीको बागमती नगरपालिका २ धरहरा स्थित रहेको जन वालकल्याण माध्यमिक विद्यालयले विद्यार्थीलाई छात्रवृत्ति तथा पुरस्कार वितरण गरेको छ । बागमती नगरपालिका २ धरहरा स्थित रहेको जन वालकल्याण माविले एक औपचारिक कार्यक्रमको आयोजना गरि छात्रवृत्ति तथा कक्षागत उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको हो । 


विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रम मार्फत बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले पुरस्कार एवम छात्रवृत्ति वितरण गरेका हुन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक बहादुर बोहराको अध्यक्षतामा आयोजित कार्यक्रम मार्फत शौक्षिक सत्र २०७८÷०७९ को छात्रवृत्ति वितरण गरिएको विद्यालयका प्रधानाध्यापक प्रकाश बहादुर जिम्बाले जानकारी दिए । उनका अनुसार कार्यक्रममा शैक्षिक सत्र २०७८÷०७९ मा १ देखी ९ सम्म कक्षा उत्कृष्ठ हुने १० जनालाई पुरस्कार वितरण गरिएको छ । कक्षा उत्कृष्ठ भएका मध्य १ देखी ५ कक्षा सम्मका विद्यार्थीहरुलाई विद्यालयले झोला र ट्रयाक सुट वितरण गरेको प्रधानाध्यापक जिम्बाले बताए ।


यस्तै,कक्षा ६ देखी ९ सम्मका ५ जना विद्यार्थीहरुलाई एक–एक थान साईकल पुरस्कार स्वरुप प्रदान गरिएको छ । यसरी पुरस्कृत हुनेमा कक्षा १ कि सुप्रिया डिमडोम,कक्षा २ कि राची घलान,कक्षा ३ कि सपना कालिकोटे,कक्षा ४ कि निशा केसी,कक्षा ५ कि सन्ध्या लोप्चन,कक्षा ६ (ए) कि स्मृती बोहरा,कक्षा ६(बि) कि गंगा खत्री,कक्षा ७ का अविनाश मोक्तान,कक्षा ८ कि सुष्मा कुमारी साह र कक्षा ९ का घनश्याम कुमार महतो रहेका विद्यालयले जनाएको छ ।


कार्यक्रममा बागमती नगरपालिकाका नगर प्रमुख थापा,वडा नम्बर २ का वडा अध्यक्ष टेक बहादुर बल,नगर शिक्षा शाखा प्रमुख मिन प्रसाद उपाध्याय,नगर शिक्षा शाखाका ओम बहादुर कार्की,विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुका साथै सदस्यहरुका साथै विद्यालयका शिक्षक तथा कर्माचारीहरु र स्थानीय अभिभावक लगायतको उपस्थिती रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech