प्रहरी जवान सहनी कात्तिक महिनाको उत्कृष्ट प्रहरी

200 Shares

प्रहरी जवान अजय सहनी कात्तिक महिनाको उत्कृष्ट प्रहरीबाट सम्मानित भएका छन् ।कृषि प्रयोजनका लागि जिल्लाका विभिन्न स्थानमा जडान गरिएको विद्युत ट्रान्सफर्मर चोरी गर्ने गिरोहका नौ जनालाई नियन्त्रणमा लिइ कानुनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रहरी जवान सहनीलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले कात्तिक महिनाको उत्कृष्ट प्रहरीबाट सम्मानित गरेको हो ।
 जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीको सञ्चार शाखामा कार्यरत प्राविधिक प्रहरी जवान सहनीले ट्रान्सफर्मर चोरीमा संलग्न गिरोहका पाँच नेपाली र चार भारतीयलाई केही दिनअघि पक्राउ गर्न सफल भएका थिए ।ती मानिससहित ट्रान्सफर्मरमा प्रयोग गरिने तामाको तार एक सय तीन किलो आठ सय ग्राम,विभिन्न औजार ५१ थान,दुईवटा ई–रिक्सा र ११ थान मोवाइल समेत प्रहरीले बरामद गरेको थियो ।
खेतमा सिँचाईका लागि जडान गरिएको बिजुलीको ट्रान्सफर्मर श्रृङ्खलावद्ध रुपमा चोरी गरेर कृषक र प्रहरीलाई हैरान पार्ने गिरोहका मानिस पक्राउ गर्न प्रहरी जवान सहनीले महत्वपूर्ण भूमिका निर्वाह गरी लगनशील,इमान्दार र कर्तव्यनिष्ठ भएर काम गरेकाले सम्मान–पत्र र नगदसहित सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिए ।

सम्बन्धित समाचार