लालबन्दीमा २५ जना कोरोना संक्रमित थपिए

3.1k Shares

सर्लाहीको लालबन्दीमा कोरोना भाइरसका थप २५ जना नयाँ संक्रमित थपिएका छन् ।सुक्रवार आएको पीसीआर परीक्षण रिपोर्टमा २५ जनामा कोरोना संक्रमिण थपिएका लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक सुरेन्द्र खतिवडाले जानकारी दिनु भयो । थपिएका संक्रमितहरुमा अधिकांश यसअघिका संक्रमितहरुको परिवारका सदस्यहरु रहेका छन् ।
यस्तै संक्रमितमा एकरएक जना व्यापारी, स्वास्थ्यकर्मी र बैंकमा कार्यरत कर्मचारी समेत रहेका छन् । कोरोना संक्रमणबाटै मृत्यु भएकी होटल व्यवसायी महिलाको परिवारका सदस्यमा पनि संक्रमण पाइएको छ ।
लालबन्दीबाट गत वुधवार कन्ट्याक ट्रेसिङमा परेका १२५ जना र आइसोलेसनमा बसिरहेका १६ जनाको थ्रोट स्वाब नमूना संकलन गरी पीसीआर परीक्षणका लागि काठमाण्डौं पठाइएको थियो । त्यसमध्ये पुराना संक्रमितहरुको सुक्रवार बिहानै रिपोर्ट आउँदा १३ जनाको दोहो¥याएर पोजिटिभ रिपोर्ट आएको थियो ।
यसैबीच एकै पटक २५ जना नयाँ संक्रमित थपिएपछि उनीहरुको कसरी व्यवस्थापन गर्ने र अब आइतवारबाट बैंक तथा वित्तीय संस्था खोल्ने वा नखोल्ने भन्ने निर्णय गर्न शनिबार नगरपालिका कार्यालयमा आकस्मिक बैठक बस्दै छ । नगरपालिकाले यसअघि भदौ १२ गते सुक्रवार सम्म बैंक तथा वित्तीय संस्था र हाटबजार बन्द गर्ने निर्णय गरेको थियो ।
कन्ट्याक टे«सिङमा परेका अर्थात पहिलेका संक्रमितको सम्पर्कमै रहेकाहरुमा संक्रमण पाइएकाले संवेदनशील अवस्था नरहेको नगर प्रमुख मानबहादुर खड्काले बताउनु भयो । बैठकबाटै थप निर्णय लिइने उहाँले बताउनु भएको छ । शुक्रबार २५ जना थपिएको अब नगरमा कोरोना संक्रमितको संख्या ७४ पुगेको छ ।

सम्बन्धित समाचार