हत्या गरि फालिएका भारतीय युवक हत्याका अभियुक्त बैठा पक्राउ

139 Shares

विगत करिब आठ महिना पहिला एक भारतिय युवालाई नेपाल ल्याई मारेर फालेर फरार भएका अर्का अभियुक्त पक्राउ परेका छन्।गएको साउन अन्तिममा लालबन्दी र हरिवन नगरपालिकाले सिमाना स्थित लखन्देही खोलामा टाउको र लालबन्दी नगरपालिका १७ स्थित रानिगन्ज जंगलमा शरीर फेला परेका भारतीय युवकको हत्यामा संलग्न रहेका अर्का भारतीय युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार हरिवन नगरपालिका ४, स्थित पूर्व पश्चिम लोकमार्गको लखन्देही पुलमुनि घाँटी भन्दा तलको भाग काटिएको अवस्थामा बेवारिसे पुरुषको टाउको फेला परेको थियो भने त्यसको दुई दिनपछि लालबन्दी नगरपालिका १७,स्थित पूर्व पश्चिम लोकमार्ग नजिक रानिगन्ज जंगलमा टाउको भन्दा तलको शरीर फेला परेको थियो ।
उक्त टाउको र शरीर भारतको सितामढी थाना पुरौना भिलेज पोष्ट मनियारी ५ बस्ने अन्दाजी २३ वर्षीय गोलु भन्ने अभिषेक राजको रहेको पुष्टी भएपछि सर्लाही प्रहरीले हत्यामा संग्लग्नहरुको खोजी गरेको थियो ।अभिषेकको हत्यामा संलग्न रही फरार रहेका भारतको सितामढी सोनवर्षा थाना ग्राम पंचायत पुरनदहा राजवडा पश्चिम ५ बस्ने अन्दाजी २७ वर्षीय रन्जित कुमार बैठालाई पक्राउ गरेको सर्लाही प्रहरीले जनाएको छ ।
बैठालाई मलंगवा नगरपालिका ८,गोरखकाली स्थित नेपाल–भारत सीमा दशगजा नजिकै लागेको महायज्ञ मेलामा घुमिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।उनका अनुसार बैठालाई सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर विभत्स हत्याको घटनाका सम्वन्धमा थप अनुसन्धान सुरु भएको छ ।

सम्बन्धित समाचार