सर्लाहीको लालबन्दीमा शुक्रवार तीन जनामा कोरोना भाइरस(कोभिड १९) को संक्रमण पुष्टी भएको छ ।
नगरका एक जना वडाध्यक्ष, स्वास्थ्यकर्मी र व्यापारी समेत गरी तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोे लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक सुरेन्द्र खतिवडाले जानकारी दिनुभयो।
यही साउन २१ गते थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि हेटौंडा पठाइएको ४१ जनामध्ये एक जना वडा अध्यक्ष, एक जना स्वास्थ्यकर्मी र एक जना व्यापारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोे उहाँले बताउनु भयो । संक्रमित तीनै जनालाई आजै शुक्रबार नै लालबन्दी नगरपालिकाले तयार पारेको नवलपुरस्थित कृषि सामग्री कम्पनि लिमिटेडको भवनको आइसोलेसनमा पठाइ सकिएको नगरपालिकाले जनाएको छ ।
यस अघि नगरमा भारतको केरलाबाट आएका २ जनामा कोरोना संक्रमण पाइएको थियो । उनीहरु मध्य एक जना उपचार पछि निको भएर घर फर्कि सकेका र एक जना अहिले नवलपुर आइसोलेसनमै रहेका नगर उप प्रमुख शान्ती लामाले बताउनु भयो । उनिहरुको साउन २ गते र १९ गते दुई पटक थ्रोट स्वाब परीक्षण गरिएको थियो ।