हरिवनमा जलनको उपचारको व्यवस्थाका लागि त्रिपक्षीय सम्झौता

334 Shares

सर्लाहीको हरिवन नगरपालिकामा जलन(आगोबाट जल्ने) उपचारका लागि विभिन्न दातृ निकाय र हरिवन नगरपालिका विच त्रिपक्षीय सम्झौता भएको छ।बाल अधिकार र जनस्वास्थ्यको क्षेत्रमा काम गरि रहेको सेभेन नेपाल र फेक्ट नेपाल तथा हरिवन नगरपालिका विच जलनका बिरामीहरुको उपचार तथा बाल अधिकार र जनस्वास्थ्य लगायतका क्षेत्रमा काम गर्ने गरी त्रिपक्षीय सम्झौता भएको हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)ले जानकारी दिए।
उनका अनुसार जलनको उपचारका साथै बाल अधिकार,स्थानीय स्तरमा निर्माण भएका बाल संरक्षण पद्धती,अधिकार र जनस्वास्थ्यका क्षेत्रमा काम गर्ने गरी सेभेन नेपाल र फेक्ट नेपालसंग हरिवन नगरपालिकाले त्रिपक्षीय सम्झौता गरेको हो ।
सेभेन नेपालले राष्ट्रिय गौरबका आधार स्तम्भ र देशको मेरुदण्डको रुपमा रहेका बालबालिकाहरु माथि शिक्षा र स्वास्थ्यको क्षेत्रमा लगानी आवश्यक रहेकाले सो कार्यमा हरिवन नगरपालिकाले चासो राखेका कारण आफुहरु हरिवन नगरपालिकालाई बाल अधिकार,जनस्वास्थ्य,किशोर किशोरीहरुको मानसिक स्वास्थ्यका साथै जलनका घटनाहरुमा सहकार्य गर्न तयार रहेको सेभेन नेपालका कार्यकारी निर्देशक कुमार भट्टराईले बताए।  उनका अनुसार भौतिक विकास निर्माणमा गरिने लगानी भन्दा बालबालिकामा शिक्षा र स्वास्थ्यको क्षेत्रमा गरिने लगानी अत्यन्तै फलदायी हुने साथै बालबालिका लक्षित लगानी गर्न स्थानीय तहहरुले ध्यान दिनु आवश्यक छ।
हरिवन नगरपालिकामा बाल अधिकार,जनस्वास्थ्य नीति र पद्धतीका क्षेत्रमा काम गर्न तयार रहेको जनस्वास्थ्यको क्षेत्रमा काम गरि रहेको फेक्ट नेपालकी कार्यकारी निर्देशक गौरी प्रधानले बताईन् । उनका अनुसार बाल अधिकारका नीति,पद्धती,जनस्वास्थ्य नीति,बाल बिवाह,किशोर किशोरीको मानसिक स्वास्थ्यका साथै जलनको उपचारका लागि प्राथमिक उपचार केन्द्र स्थापना गर्ने त्रिपक्षीय सम्झौतामा भएको हो ।
हरिवन नगरपालिका घर भई विभिन्न क्षेत्रमा कार्यरत रही अन्यन्त्र बसोबास गरि रहेका मानिसहरु सबैको सहयोग भए हरिवन नगरपालिकालाई शिक्षा,स्वास्थ्य लगायत रोजगारी र नागरिकको नैसर्गीक अधिकार पुरा गराउन सकिने हरिवन नगरपालिकाकी उप प्रमुख हरिमाया घलानले बताईन् ।
 हरिवन नगरपालिका ४ स्थित रहेको सासापुर स्वास्थ्य चौकीको नयाँ भवन निर्माण भएकाले जलनको उपचारका लागि व्यावस्थापन गर्न धेरै समस्या नभएकाले चाँडै जलनको उपचार सहितको व्यावस्था गर्ने हरिवन नगरपालिकाले तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत प्रतिक कार्कीले बताए।उनका अनुसार धेरै औषधीहरुका साथै भौतिक संरचना तयार रहेकाले सामान्य व्यवस्थापनमा पनि जलनको उपचार सम्भव हुने भएकाले सम्झौता अनुसार चाँडै काम हुनेछ ।

सम्बन्धित समाचार