नेपालीहरुको दोस्रो चाड तिहारको भाईटीकाको दिन देशभर करिब पाँच सय जना ट्राफिक प्रहरीको कार्बाहीमा परेका छन्।जेनजी आन्दोलनपछि दसैँमा देशभरका सडकमा प्रहरीको न्यून उपस्थिति देखिएपनि तिहारमा प्रहरीको सक्रियता बढेको छ।प्रहरीको सक्रिय उपस्थितिका कारण चाडपर्वमा ठूलो दुर्घटना हुन नपाएको र नीयम विपरितका गतिविधिहरु गर्नेलाई नियन्त्रणमा लिएर कार्बाही गरिएको प्रहरीले जनाएको छ ।
तिहारको दिन काठमाडौँ उपत्यका सहित देशभर सामान्य दुर्घटना भएपनि ठूलो मानविय क्षेती नभएको प्रहरीले दाबी गरेको छ ।ट्राफिक प्रहरी प्रमुख सहितको टोली तिहारको दिन सडकमा खटिएको र प्रहरीको सक्रियताकै कारण मानवीय क्षति हुन नपाएको प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए ।उनका अनुसार उपत्यकामा मात्रै एक सय ९९ जना मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएको कसुरमा कारबाहीमा परेका छन् । साथै १५ जना मानिस सामान्य घाइते भएका छन् ।
तिहारमा सुरक्षात्मक उपायहरू कडाइका साथ लागू गरिएको नेपाल प्रहरीले जनाएको छ ।तिहारमा लापरबाही तरिकाले सवारी चलाउने विरुद्ध सिसी क्यामराबाट निगरानी बढाइएको र सडकमा ट्राफिक प्रहरीको उल्लेख्य उपस्थिति प्रहरीले दाबी गरेको छ । तर जेन जी आन्दोलन पछि बर्दि,सवारी साधनहरु र कार्यालयहरु गुमाएको प्रहरी संगठन अझैँ तंग्रिन सकि रहेको छैन् ।