Close This

ऐलानी जग्गाको नापजाँच कार्य लालबन्दीमा सुरु,मंसिर सम्ममा जग्गाधनी पुर्जा दिने योजना

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-२९ गते   ४५४ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकाले नगर भित्रका ऐलानी जग्गाको नापजाँचको काम सुरु गरेको छ । लालबन्दी नगरपालिकाका विभिन्न स्थानहरुमा रहेका ऐलानी जग्गाको नाँपजाँच सुरु गरिएको लालबन्दी नगरपालिका १६ का वडा अध्यक्ष एवम लालबन्दी नगर प्रवक्ता गणेश बहादुर थापाले जानकारी दिनु भयो । 
लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारी लगायत जनप्रतिनिधिहरु र नगर पालिकाका कर्माचारीका साथै सम्बन्धीत कार्यालयका कर्माचारीहरुको उपस्थितीमा लालबन्दी नगरपालिका १० बाट ऐलानी जग्गाको नापजाँचको काम सुरु प्रवक्ता थापाले जानकारी दिनुभयो ।
राष्ट्रिय भूमी आयोग जिल्ला समिती सर्लाहीले नगरका सवै वडाहरुका भूमिहीन दलित,भूमिहीन सुकुम्बासी ,अब्यबस्थित बसोबासी र अधुरा अपुरा कार्य सम्पन्न गर्ने लक्ष्य र उद्देश्य अनुरूप काम सुरु गरिएको भूमि आयोग लालबन्दी सेवा केन्द्रका सहायक चेत बहादुर मगरले जानकारी दिनु भयो ।
मंसिर महिनाको पहिलो साता भित्र सबै किसिमका जमिनका समस्याहरू समाधान गरी  जग्गा धनी प्रमाण पुर्जा उपलब्ध गराउने लक्ष्य रहेको राष्ट्रिय भूमि आयोग सर्लाहीका अध्यक्ष चन्द्र प्रसाद वाग्लेले बताउनु भयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech