शंखर पहाडी(गौरब)
मधेश प्रदेशका मिटरब्याज पीडित किसान तथा मजदुरहरु सरकारलाई धचधच्याउन संघिय राजधानीको लागि पैदल यात्रामा निस्केका छन् । स्थानीय स्तरमा पटक पटक आन्दोलन गर्दा न्याय नपाएपछि मधेश प्रदेशका मिटरब्याज पीडित किसान तथा मजदुरहरु सरकारलाई धचधच्याउन संघिय राजधानीको लागि पैदल यात्रामा निस्किएका हुन ।
मिटरब्याज विरुद्धको संघर्ष समिति नेपालको नेतृत्वमा सरकारलाई धचधच्याउन मधेश प्रदेशका मिटरव्याज पीडितहरु संघिय राजधानीको लागि पैदल यात्रामा निस्केका मिटरव्याज पीडित किसान मजदुर संघर्ष समिति सर्लाहीकी अध्यक्ष रुक्मिणी चौधरीले बताईन् । उनका अनुसार पीडक साहु महाजन विरुद्ध चरणबद्ध रुपमा आन्दोलन सुरु गरेका मिटर व्याजपीडितहरु संघिय राजधानी काठमाण्डौँ पुगेर सरकारलाई आफ्ना गुनासा र समस्या सुनाउन पैदल यात्रामा निस्केका हुन ।
मिटरव्याजी साहु महाजनले मधेश प्रदेशका धेरै मानिसहरुलाई दुःख दिएका कारण त्यसबाट मुक्ती पाउनका लागि अभियान सुरु गरिएको मिटरव्याजी पीडित महोतरीका संघर्ष दाहालले बताए । उनका अनुसार करिब ४ वर्ष पहिला सर्लाहीबाट संघर्ष समिति गठन गरेर सुरु भएको मिटरव्याज पीडितहरुको आन्दोलन यसअघि संघिय राजधानी काठमाण्डौँमा समेत भएको भएपनि सरकारले आफुहरुको माग नसुनेका कारण पैदलै गएर सरकारलाई लगायत अन्र्तराष्ट्रिय समुदायलाई आफ्ना समस्या सुनाउन संघिय राजधानीका लागि पैदल यात्रामा निस्केको बताए ।
तत्कालीन सरकारका सरोकारवालाहरुले मिटर व्याजीहरु विरुद्ध ठगी मुद्धा चलाउने भनेपछि केही मानिस पक्राउ परेका भएपनि अझैँ धेरै मिटरव्यजी साहु महाजन खुलेआम रुपमा घुमिरहेका तर सरोकारवाला निकाय मौन बस्दा आफुहरु सडकमा पुगेको मिटर व्याज पीडित सिरहाका मनोज पासवनाले बताए । लिएको ऋणपुरै तिरी सक्दा पनि विभिन्न त्रास फैलाएका कारण आफुहरु थप मारमा परेको र न्यायका लागि काठमाण्डौँको पैदल यात्रामा निस्केको मिटर व्याज पीडित पासवनाको भनाई छ ।
यता,आफुले रु दुई लाख ऋणलिएको र सो ऋण वापत रु ३५ लाख साहु महाजनलाई तिरि सक्दा पनि आफुलाई ऋणमुक्त नगरेको पैदल यात्रामा निस्कनु भएकी सिरहाकी मिटरव्याजी पीडित ममता देवी रायले बताइन् । आफुले सबै ऋण तिरि सक्दा पनि साहु महाजनले आफु र आफ्नी १४ वर्षिय छोरीलाई विभिन्न किसिमका धाकधम्की रत्रास देखाउने गरेका कारण आन्दोलन मार्फतआफु न्याय खोज्न संघिय राजधानी हिडेको पीडित रायले बताइन् ।
मधेश प्रदेशको सप्तरीदेखि पर्सा सम्मका मिटरव्याज पीडितहरु एकभएर पीडक साहु महाजन विरुद्ध चरणबद्ध रुपमा आन्दोलन जारी राखेका र अहिले पैदलै काठमाण्डौँ पुगेर फेरी आफ्ना समस्या सरकारलाई सुनाउने भन्दै पीडित यात्रामा निस्केका लामो समयदेखि मिटरव्याजी पीडितहरुको पक्षमा लागेका हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीले बताए । सरकारले कुनै प्रकारका ठोस नीति नल्याएका कारण मिटव्याजी पीडितहरु थप मारमा परेका कारण आफुले मिटर व्यजी पीडितहरुको आन्दोलनलाई साथ दिएको हरिवन नगरपालिकाका नगर प्रमुख बुढाथोकीले बताए ।
उनका अनुसार तत्कालीन सरकारका सरोकारवालाहरुले मिटर व्याजी विरुद्ध लाग्ने आश्वासन दिएका भएपनि कुनै ऐन,कानून बनाउने तर्फ नलागेका कारण मिटर व्याजीपीडितहरु थप पीडामा परेका छन् ।
साहु महाजनको ऋण आफुहरुले तिरि सकेको भएपनि आफ्नो घरखेत सबै पास गराई आफुहरुलाई सडकमा पुर्याउने साहु महाजनलाई कार्बाही गर्न आफुहरुआन्दोलनमा होमिएको महोतरीका मिटरव्याजी पीडित पुर्षाेतम अधिकारीले बताए ।
उनका अनुसार साहु महाजनले लिएको ऋणको दोब्बर तेब्बरको कागज गराउने,घरजग्गा तमसुक गराउने र लिएको ऋणको साँवा व्याज तिरि सक्दा पनि ऋण लिएको समयमा गरिएको कागजात नच्यात्ने र चेक तथा घरजग्गाको तमसुक समेत फिर्ता नगरेका कारण मिटर ब्याज पीडितहरु थप पीडामा परेका छन् ।
सन्जय कुमार साह रौनीयार,श्यामकृष्ण साह(श्याम परदेशी)सुजता साह,रामसेवक यादव, रामबाबु राय,रामस्वरुप राय,राम अवतार यादव,सिया राम यादव,सितल यादव,बच्चा लाल साह र विकु साह लगायत सयौँ मिटरव्याजीहरुका कारण मधेश प्रदेशका आर्थिक अवस्था कमजोर रहेका मानिसहरु निकै मारमा परेका छन् । सोझा सादा नागरिकलाई अनावश्यक कागज गराई साहु महाजनले आफूहरुको घर खेत नै खाई सकेका कारण बाध्य भएर आन्दोलनमा उत्रिनु परेको मिटर व्याजी पीडितको भनाई छ ।