Close This

बागमती सेवा समाजद्धारा बर्थिङ्ग सेन्टरलाइ स्वास्थ्य सामाग्री सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-२ गते   २५८ पटक हेरिएको

बागमती सेवा समाजले सर्लाहीका नौ वटा बर्थिङ्ग सेन्टरलाई स्वास्थ्य  सामग्री सहयोग गरेको छ ।  विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड– १९) बाट बच्न बर्थिङ्ग सेन्टरका स्वास्थ्यकर्मीहरुका लागी बागमती सेवा समाजले स्वास्थ्य सामाग्री सहयोग गरेको हो । 
सासापुर ,लक्ष्मीपुर कोद्राहा ,बरहथवा ,सेखौना,बग्दह ,सिसौटिया ,बिष्णु गाउँपालिका ,सुन्दरपुर ,पिपरिया लगायतका ठाउँहरुमा रहेका प्रसुती गृहलाई स्वास्थ्य सामग्री सहयोग गरेको  संस्थाका निर्देशक निरज भण्डारीले जानकारी दिनु भयो । बागमती सेवा समाजले अस्ट्रेलियन सरकार र आड्रा नेपालको सहकार्यमा  स्वास्थ्य सामाग्री  सहयोग गरेको बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्कीले जानकारी दिनु भयो । संस्थाका अध्यक्ष कार्की र आड्रा नेपालका कार्यक्रम प्रबन्धक दिवाकर झाले  संयुक्त रुपमा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो । संस्थाले प्रत्येक बर्थिङ्ग सेन्टरहरुलाई  स्यानेटाईजर, एप्रोन ,माक्स, ग्लोब्स लगायतका स्वास्थ्य सामग्रीहरु सहयोग गरेको हो ।
 जिल्लामारहेका १० वटा बर्थिङ्ग सेन्टरलाई स्वास्थ्य सामाग्री सहयोग गर्ने लक्ष्य रहेकोमा शुक्रवार ९ वटा र बाँकी रहेको गौरीशंकर बर्थिङ्ग सेन्टरलार्ई पनि चाँडैै स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको बागमती सेवा समाजका अध्यक्ष कार्कीले बताउनुभयो 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech