स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट १० असार भित्र पेश गर्नु पर्नेमा देशभरका ३९ स्थानीय निकायले वार्षिक नीति,कार्यक्रम तथा बजेट ल्याउन सकेनन् ।देशभारका सात सय ५३ स्थानीय तहहरु मध्य १५ वटा गाउँपालिका र २४ वटा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट १० असार भित्र पेश गर्न नसकेका हुन ।दुई सय ७६ नगरपालिका मध्य २४ वटा नगरपालिका र चार सय ६० गाउँपाकिला मध्य १५ वटा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट १० असार भित्र पेश गर्न नसकेका संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिका र धरान उप महानगरपालिका सहित १५ वटा गाउँपालिका र २४ वटा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट १० असार भित्र पेश गर्न नसकेका हुन ।जुन कुल स्थानीय तहहरुको आठ प्रतिशतको बराबर हो।बजेट सार्वजनिक गर्न असफल भएका नगरपालिकामध्ये कोशीको एक मात्र धरान उप महानगरपालिका सहित मधेशको धनुषाका जनाकीनगर,विदेह,कमला,क्षिरेश्वरनाथ र हंसपुर नगरपालिका,सप्तरीको डाक्नेश्वरी,राजबीराज,शम्भुनाथ,सुरुंगा नगरपालिका, र हनुमाननगर कंकालिनी नगरपालिका पनि आफ्नो बजेट ल्याउन सकेनन्।सर्लाहीको पर्सा गाउँपालिका, महोत्तरीको औराही नगरपालिका,रौतहटको बृन्दावन र फतवा विजयपुर नगरपालिका र बाराको निजगढ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट १० असार भित्र पेश गर्न सकेनन् ।
बागमती प्रदेशको काठमाडौँ महानगरपालिका,नुवाकोटको विदुर नगरपालिका,काभ्रेको पनौती नगरपालिका र चितवनको राप्ती नगरपालिकाका साथै गण्डकीका सबै नगरपालिकाले निर्धारित मितिमा आफ्नो बजेट पेश गरेनन्।लुम्बिनी प्रदेशको रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाल र सिद्धार्थनगर नगरपालिका कर्णाली प्रदेशको डोल्पाको सिद्धार्थनगर नगरपालिकाले पनि आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट १० असार भित्र पेश गर्न सकेनन् ।
गाउँपालिका राष्ट्रिय महासंघ अनुसार चार सय ६० ग्रामीण गाउँपालिकामध्ये चार सय ४५ वटा गाउँपालिकाले बजेट प्राप्त गरेका छन्।१५ गाउँपालिकामध्ये कोशी क्षेत्रका सबै गाउँपालिकाहरूले बजेट प्राप्त गरेका छन्।मधेशका १० वटा गाउँपालिकाहरूले बजेट ल्याउन असफल रहे।बागमतीमा एक,गण्डकीमा दुई,लुम्बिनीमा दुई र कर्णालीमा एक गाउँपालिकामा बजेट आएन। सुदूरपश्चिम प्रदेशका सबै गाउँपालिकाहरूले बजेट प्राप्त गरेका छन्।महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलका अनुसार अध्यक्ष कार्यक्षेत्र बाहिर रहनु, जनप्रतिनिधिको आपसी द्धन्द्ध र बजेट विनियोजनमा विवाद तथा तयारी गर्न समय नपुगेका कारण बजेट आउन नसकेको हो ।