हरिपूर्वा ५ स्थित धोबियाही टोलमा आगलागी हुँदा पाँच घर जलेर नष्ट

510 Shares

सर्लाहीको हरिपूर्वा नगरपालिका ५ स्थित धोबियाही टोलमा आज(बिहीबार)दिउँसो आगलागी हुँदा पाँच घर र दुई गोठ जलेका छन् । हरिपुर्वा नगरपालिका ५ स्थित धोबियाही टोलका गिरधारी यादव,कविता बैठा शिवधारी यादव,सेतन बैठा र सुरेश बैठाको घर र कपिलेश्वर यादव र किशोरी बैठाको गोठ पूर्णरुपमा जलेर नष्ट भएको सर्लाही प्रहरीले जनाएको छ ।

आज(बिहीबार)दिउँसो करिब ३ बजेदेखि सुरु भएको आगलागी करिव एक घण्टापछि नियन्त्रणमा आएको साथै आगलागीको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।हरिवन नगरपालिकासहित महोत्तरीको रामगोपालपुर नगरपालिका र सम्सी गाउँपालिकाबाट आएको दमकलको साथै स्थानीय र प्रहरीले आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।साथै आगो निभाउने क्रममा कपिलेश्वर यादवका छोरा अन्दाजी वर्ष १७ का रवि यादव जलेर सामान्य घाइते भएका छन् । उनको गालाको केही भाग जलेको छ । 

सम्बन्धित समाचार