बाराको जीतपुर सिमरा उपमहा नगरपालिका ७ का वडा अध्यक्षले पत्रकार माथि दुव्र्यवहार गरेका छन्।जीतपुर सिमरा उपमहा नगरपालिका ७ जीतपुर बजार स्थित गौशालामा अतिक्रमण गरि बनाईएको संरचना हटाउने कार्यको रिपोर्टिङका लागि गएको समयमा जीतपुर सिमरा उपमहा नगरपालिका ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ताले दुव्र्यवहार गरेका नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाराका सह सचिव रन्जन यादवले बताए ।उनका अनुसार गौशालामा अतिक्रमण गरि बनाईएको संरचना हटाउने कार्यको रिपोर्टिङका लागि आफु गएको समयमा वडा अध्इक्ष गुप्ताले दुव्र्यवहार गर्नुका साथै मोवाईल समेत खोसेका बताए ।
वडा अध्यक्ष गुप्ताले पत्रकार माथि गरेको दुव्र्यवहारको निन्दा गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाराले विज्ञप्ती समेत जारी गरेको छ।नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाराका अध्यक्ष रेशम तिवारीले हस्ताक्षर गरी जारि गरिएको विज्ञप्तीमा पत्रकार यादवमाथि भएको दुव्र्यवहारको निन्दा र भत्सर्ना गरिएको छ।पत्रकार यादवको मोबाईल सुरक्षाकर्मीको रोहवरमा खोसिएको र पत्रकार यादवलाई वडाध्यक्ष गुप्ताले धम्क्याउने काम गरेका विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नागरिकलाई सुसूचित गर्ने कर्म निर्वाहमा जुटेका पत्रकार यादवमाथि वडाध्यक्ष गुप्ताले गरेको यो व्यवहारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाराले जारी गरेको विज्ञप्तीमा भनिएको छ घटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा विशेष ध्यान दिन विज्ञप्ती मार्फत स्थानीय प्रशासनको ध्यानाकर्षण गराइएको छ।
यता,जीतपुर सिमरा उपमहा नगरपालिका ७ का वडा अध्यक्ष गुप्ताले नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाराका सह सचिव यादवको मोवाईल नखोसेको साथै कुनै प्रकारको दुव्र्यवहार नगरेको दाबी गरेका छन् ।
उनले जीतपुर सिमरा उपमहा नगरपालिका ७ जीतपुर बजार स्थित गौशालामा अतिक्रमण गरि बनाईएको संरचना हटाउने कार्यमा नगरपालिकामा कुनै प्रकारको छलफल नभएको,समन्वय नभएको र कुनै प्रकारको पत्र नभएकाले तत्कालका लागि अतिक्रमण भत्काउने कार्य रोक्न आग्रह गरेको र नगर प्रमुखसंग छलफल र समन्वय गरेर पुन काम गर्न आग्रह गरेको तर नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाराका सह सचिव यादवले आग्रह पुर्वाग्रह राखेर मेरो विषयमा गलत प्रचार बाजी गरेको बताए ।
उनले नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाराका सह सचिव यादवले नगर प्रमुख राजन पौडेलको प्रिय मान्छे सम्झीने र मलाई प्रतिपक्ष सम्झीएर समाचार सम्प्रेषण गरिएको र समाचारका सम्बन्धमा मिडियाकर्मीले एक पक्षिय समाचार लेखेका समेत गुनासो गरे।उनले कुनै पत्रकारलाई दुव्र्यवहार भए नभएको त्यहाँ उपस्थित भएका प्रहरी प्रशासन लगायत स्थानीयलाई सोध्दा पनि थाहा हुने बताए ।