बेथिति उजागर हुने डरले सूचना लुकाउदै सर्लाहीका स्थानीय तहहरु

373 Shares

सर्लाहीका स्थानीय तहहरुले सूचना लुकाउने गरेका पाइएको छ।जिल्लाका स्थानीय तहहरुमा भएका बेथिति उजागर हुने डरले जिल्लाका स्थानीय तहहरुले सूचना लुकाउने गरेका पाइएको हो ।सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ बमोजिम आवश्यक सूचना उपलब्ध गराई पाँऊ भन्दै २०८१ असार ३० गते जिल्लाका सबै २० वटै स्थानीय तहहहरुमा पेश गरिएको निवेदनकोे करिब दुई महिना हुँनै लाग्दा पनि कुनैपनि स्थानीय तहहरुले माग बमोजिमको कुनैपनि सूचना निवेदकलाई उपलब्ध नगराएपछि जिल्लाका स्थानीय तहहरुको बेथिति उजागर हुने डरले जिल्लाका स्थानीय तहहरुले सूचना लुकाउने गरेका प्रष्ट भएको हो ।२०८१/०३/३० गते आवश्यक सूचना उपलब्ध गराई पाँऊ भन्दै“जिल्लाका सबै २० वटै स्थानीय तहहरुमा सामान्य मानिने आर्थिक वर्ष २०८०/०८१ मा खर्च भएको इन्धनको विवरण रकम समेत,आर्थिक वर्ष २०८०/०८१ मा खाजामा खर्च भएको विवरण,आर्थिक वर्ष २०८०/०८१ मा सवारी साधनहरु मर्मत, सम्भारमा भएको खर्चको विवरण,आर्थिक वर्ष २०८०/०८१ मा अतिथि सत्कारमा भएको खर्चको विवरण,गाउँपालिका/नगरपालिकाले भाडामा सवारी साधन प्रयोग गरेको भए सोको विवरण सहितको प्रतिलिपी र आर्थिक वर्ष २०८०/०८१ मा कुन कुन मिडिया÷मिडियाकर्मीहरुलाई भुक्तानी दिएको/नदिएको विवरण”पाउँ भन्दै सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ बमोजिम सूचनाहरु माग गरेको भएपनि दुइृ महिना हुँनैलाग्दा समेत जिल्लाका कुनै पनि स्थानीय तहहरुले सो विवरण उपलब्ध नगराएपछि स्थानीय तहहरुको बेथिति उजागर हुने डरले जिल्लाका स्थानीय तहहरुले सूचना लुकाउने गरेका प्रष्ट भएको  हो ।
राष्ट्रिय सुचना आयोग,काठमाण्डौ नेपाललाई बोधार्थ लेखि ६ बुँदामा सामान्य सूचनाहरु माग गर्दा पनि सरोकारवाला निकायहरु कानमा तेल हालेर बसेका छन् ।सूचनाको हक सम्बन्धी २०६४ को परिच्छेद २ को ४ मा सार्वजनिक निकायको अभिलेखमा सूचनाको हक सम्बन्धी ऐन २०६४ बमोजिम प्रवाह गर्न मिल्ने र नमिल्ने सूचना भए सूचना अधिकारीले प्रवाह गर्न मिल्ने सूचना छुट्याएर निवेदकलाई उपलब्ध गराउनु पर्ने छ ।भनिएको भएपनि कारण विनै सर्लाहीका स्थानीय तहहरु पन्छिने गरेका छन् ।
सूचनाको हक सम्बन्धी २०६४ को परिच्छेद २ को ७  मा सूचना प्राप्त गर्ने कार्यविधि सम्बन्धी व्यवस्थाको २ मा निवेदन प्राप्त भएको मितिले तत्कालैदेखि १५ दिन भित्रमा निवेदकलाई सूचना उपलब्ध गराई  सक्नु पर्ने प्रावधान भएपनि निवेदन दिएको करिब दुई महिना हुनै लाग्दा पनि जिल्लाका स्थानीय तहहरु कानमा तेल हालेर बसेका छन् ।जिल्लाका कतिपय स्थानीय तहहरुले आफ्नो सामाजिक सञ्जाल वेभ साईट समेत अपडेट गरेका छैनन् भने अधिकांश स्थानीय तहहरुका इमेल ठेगाना प्रयोग विहिन रहेका छन् ।साथै जिल्लाको कविलासी नगरपालिकाले आर्थिक वर्ष २०८०।०८१ को लेखापरिक्षण समेत नगराएको पाइएको छ भने मलंगवा,बलरा र बागमती नगरपालिका तथा पर्सा र विष्णु गाउँपालिकाले आ.व.२०८१।०८२ को वार्षिक वजेट समेत ल्याउन सकेका छैनन् ।

सम्बन्धित समाचार