जिल्लाका दुर्गम स्थानमा पनि मतदाता नामावली संलकनको टोली पठाउन एकिकृत समाजवादीको ध्यानाकर्षण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-२ गते   ९४ पटक हेरिएको

सर्लाहीका दुर्गम स्थानमा सहज रूपमा मतदाता नामावली संकलन गर्ने व्यावस्था मिलाउन नेकपा(एकीकृत समाजवादी) सर्लाहीले माग गरेको छ । एकिकृत समाजवादी सर्लाहीले निर्वाचन आयोग नेपाल र सम्बन्धित कार्यालयहरूलाई जिल्लाको दुर्गम स्थानमा सहज रूपमा मतदाता नामावली संकलन गर्ने व्यावस्था मिलाउन माग गरेको हो ।
स्थानीय तहमा २०७८ मंसिर १७ तथा पुष २ गते देखि दुई चरणमा १५–१५ दिनका लागि मतदाता नामावली संकलन भई रहेको समयमा जिल्लाको दुर्गम बस्तीमा सोसेवा पुग्न नसकेको गुनासो आएको भन्दै एकिकृत समाजवादीले सोक्षेत्रमा पनि सहज रुपमा मतदाता नामावली संकलनको काम गर्न माग गरेको एकिकृत समाजवादी सर्लाहीका संगठन विभाग प्रमुख भरत कार्कीले जानकारी दिनु भयो । उहाँका अनुसार  पालिका केन्द्रमा मात्र मतदाता नामावली संकलन टोली जाने गर्दा जिल्लाका दुर्गम स्थानमा नागरिक मतदान प्रक्रियाबाट बच्ीत हुनु पर्ने अवस्था आएको भन्दै जिल्लाका दुर्गम स्थानमा पनि मतदाता नामावली संकलनको लासग टोलीपठाउन जिल्ला निर्वाचन कार्यालय सर्लाहीसंग पार्टीले माग हो ।
एकिकृत समाजवादीले एक विज्ञप्ति जारी गर्दै जिल्लाका पालिका केन्द्रमा मात्र टोली पठाउँदा जिल्लाको दुर्गम भेग, यातायात सेवा नपुगेका स्थान र पालिका केन्द्रमा पहुँच सहज नभएका स्थानका बासिन्दा मतदाता बन्नबाट वञ्चित हुने अवस्था आउन सक्ने भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराईको नेकपा(एकिृकत समाजवादी) सर्लाहीका अध्यक्ष सुरेन्द्र लामाले बताउनु भयो ।
जिल्लाको अतिदुर्गम स्थान लालबन्दी नगरपालिका १४ नारायण खोलासहित लालबन्दी, ईश्वरपुर, हरिवन र बागमती नगरपालिकाका विभिन्न दुर्गम क्षेत्रमा स्थलगत रुपमा टोली पठाउन नसक्दा धेरै मतदाता यो अभियानबाट बाहिर नै पर्ने गरेका भन्दै नेकपा एकिकृत समाजवादीले एक विज्ञप्ती मार्फत आफ्नो गंभिर ध्यानाकर्षण भएको जनाएको छ । एकिकृत समाजवादीले जिल्लाका दक्षिणी क्षेत्रका कतिपय स्थानमा पनि टोली पठाउन आवश्यक रहेको जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालयले जिल्लाका दुर्गमस्थानमा पनि टोल पठाउने बताएको भएपनि टोली नपाएको भन्दै एकिकृत समाजवादीले विज्ञप्ती मार्फत ध्यानाकर्षण भएको जनाएको हो ।पार्टीको गोष्ठिमा निर्वाचन कार्यालय सर्लाहीका प्रतिनिधिले यो सुझावलाई निर्वाचन आयोग नेपालमा पठाइदिने बताए पनि हालसम्म त्यस्ता विकट स्थानमा टोली जानेबारे योजना भने नबनाएको एकिकृत समाजवादीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech