सर्लाहीमा तीन ट्राफिक प्रहरी पोष्ट थपिए,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-३-२५ गते   ६५२ पटक हेरिएको

दुर्गा कुमारी अधिकारी
सर्लाहीका विभिन्न तीन स्थानमा अस्थायी ट्राफिक प्रहरी पोष्टहरु स्थापना गरिएको छ । जिल्लाको पुर्व पश्चिम हुलाकी सडक खण्ड अन्तर्गत गोडैता,पर्सा र नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत कविलासीमा गरि तीन स्थानमा अस्थायी ट्राफिक प्रहरी पोष्टहरु स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक लेखनाथ मैनालीले जानकारी दिए ।
जिल्लाको भुगोल ठुलो भएकोले सवारी दुर्घटना लगायतका समस्याहरु हुँदा ट्राफिक प्रहरी सहजै पुग्न सक्ने अवस्था नरहेका कारण तीन स्थानमा अस्थायी ट्राफिक प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक मैनालीले जानकारी दिए ।
जिल्लाको फुलजोर,लालबन्दी,हरिवन,नयाँ रोड,बागमती,बरहथवा,हरिपुर र मलंगवामा यस अघि नै ट्राफिक पोष्टहरु स्थापना भएका भए पनि अब तीन स्थानमा अस्थायी ट्राफिक प्रहरी पोष्ट थप भएका हुन । २० स्थानय तह रहेको जिल्लामा यस अघि आठ स्थानमा ट्राफिक प्रहरी पोष्टहरु रहेका भएपनि तीन स्थानमा अस्थायी ट्राफिक प्रहरी पोष्टहरु स्थापना गरिए पछि अब जिल्लामा ११ स्थानमा ट्राफिक प्रहरी पोष्ट भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीमा ३१ जना ट्राफिक प्रहरी कर्माचारीहरुको दरबन्दी भए पनि हाल ५१ जना ट्राफिक प्रहरी कर्माचारीहरु कार्यरत रहेका छन् ।प्रहरी निरिक्षकको कमाण्डमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जिल्लाका २० स्थानिय तहमा ट्राफिक सचेतनामुलक एवम विभिन्न किसिमका कार्यक्रमहरु गरि रहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech