सर्लाहीको हरिपूर्वा नगरपालिका ५,मा एक पुरुषले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् भने गोली लागेर एक पुरुष घाइते भएका छन्।हरिपूर्वा नगरपालिका ५ का धीरेन्द्र यादवले बिहीबार राती करिब २ बजे आफ्नी श्रीमती अन्दाजी २३ वर्षीया चित्रलेखा यादवलाई गोली प्रहार गरि हत्या गरेका र आफ्नै बुबा अन्दाजी वर्ष ५४ का राम दिनेश रायलाई घाईते बनाएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार असोज १० गते बिहीबार राती अर्का एकजना साथीसंग आएका धीरेन्द्रले आफ्नी श्रीमती अन्दाजी २३ वर्षीया चित्रलेखालाई गोली प्रहार गरि हत्या गरेका र आफ्नै बुबा अन्दाजी वर्ष ५४ का राम दिनेशलाई घाईते बनाई फरार भएका हुन।रातीको समयमा आएका आफ्नो घरभित्र प्रवेश गरी श्रीमती चित्रलेखालाई गोली प्रहार गर्दा उनको घटनास्थल मै ज्यान गएको र उनका बुबा राम दिनेश घाईते भएका प्रहरीले जनाएको छ ।
चित्रलेखाको टाउकोमा दुई राउन्ड गोली प्रहार भएको र घटनास्थलमै मृत्यु भएको साथै धीरेन्द्रले चलाएको गोली लागेर उनका बुबा रामदिनेश घाइते भई प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।प्रहरीले घटनास्थलबाट दुई राउन्ड गोलीको खोका र एक राउन्ड मिस फायर भएको गोली बरामद गरेको छ।हतियार भने फेला नपरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक श्रेष्ठले बताए ।
श्रीमती चित्ररेखा र बुवा राम दिनेशलाई गोली प्रहार गर्ने धीरेन्द्र करिब एक महिना अघि वैदेशिक रोगजारीबाट घर फर्किएका स्थानीयको भनाई छ ।स्थानीयका अनुसार घरायसी विवाद भएपछि उनी घरमा थिएनन् ।घटनास्थलको अनुसन्धान पश्चात मृतक चित्रलेखाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा सर्लाही लगेको र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान तथा गोली प्रहार गरी फरार रहेका धीरेन्द्र र उनीसंगै मोटरसाईकलमा आएका अर्का मानिसको खोजी कार्यजारी रहेको सर्लाही प्रहरीले जनाएको छ ।