प्रक्रिया विपरित शिक्षक नियुक्ती,समाचार प्रकाशन पछि प्रधानाध्यापक थारुको निदहराम

368 Shares

सर्लाहीको इश्वरपुर नगरपालिका १४ स्थित हरकठवामा रहेको जनता प्रा.वि.मा राहत(करार) शिक्षक नियुत्तीको विवाद चरम उत्कर्षमा पुगेको छ।मंसिर ६ गते एक सूचना जारी गर्दै प्रा.वि राहत कोटामा एकजना शिक्षक आवश्यक रहेको भन्दै विद्यालयले जारी गरेको सूचनामा १६ जनाले आवेदन दिएका थिए।शिक्षक सेवा आयोगले लिएको परीक्षमा करार सूचिमा परेका आवेदकलाई प्राथमिकता दिईने भन्दै जारी गरिएको सूचना अनुसार आवेदन दिएका मध्य चार जना शिक्षक सेवा आयोगले लिएको परीक्षमा करार सूचिमा परेका आवेदकहरु थिए।प्रक्रियागत रुपमा ती चार जनामध्यबाट रोलक्रमको आधारमा अगाडि रहेका आवेदकलाई विषय विज्ञ सहितको शिक्षक छनोट समितिले छनोट गर्ने र त्यसपछि विद्यालय व्यवस्थापन समितिको बैठक बसी नियुक्त गर्न सक्ने प्रावधान भएपनि जनता प्रा.विको सवालमा प्रक्रिया पुरा नगरेको पाइएको भन्दै शिक्षा विकास तथा समन्वय ईकाई सर्लाहीले सो प्रक्रिया रोकी नियमानुसार काम गर्न भन्दै मंसिर २० गते पत्राचार गरेको शिक्षा विकास तथा समन्वय ईकाई सर्लाहीका सुनिल कुशवाहाले बताए।उनका अनुसार सो पत्रमा“त्यस विद्यालयको प्राथमिक तह शिक्षक अनुदान कोटा (राहत) मा करार शिक्षक छनौट गर्न सचालन गरेका प्रकृया शिक्षा ऐन २०२८ (संशोधन समेत) र शिक्षा नियमावली २०५९ (संशोधन समेत)को दफा ९६ बमोजिम नभएकोले प्रचलित कानून अनुसार करार शिक्षक छनौट प्रकृयाका लागि शिक्षा विकास तथा समन्वय इकाइमा मिति २०८९/०८/२० गते उजुरी निवेदन हुन आएकोले त्यस विद्यालयले करारमा शिक्षक छनौट गर्न हालसम्म गरेको कारवाहीहरुको प्रमाणित छाँया प्रति पेश गनी यस इकाइबाट कानून बमोजिमको प्रकृया रहे नरहेको यकिन भई मात्र करार शिक्षक छनौट प्रकृया अगाडी बढाउनु हुन अनुरोध छ ।”

edd1.jpg
शिक्षा तथा मानव स्रोत विकास केन्द्र,सानोठिमी,भक्तपुर,जिल्ला प्रशासन कार्यालय,सर्लाही र ईश्वरपुर नगरपालिका,नगर कार्यपालिकाको कार्यालय, ईश्वरपुर, सर्लाहीलाई बोधार्थ लेखि आवश्यक समन्वय गरिदिनु हुन भन्दै पत्र संख्या २०८१/०८२ चलानी नम्बर ७६० नम्बरको पत्र शिक्षा विकास तथा समन्वय ईकाई मलंगवा सर्लाहीले विद्यालयलाई पठाएको छ ।केही समय पहिला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पटक,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक पटक र शिक्षा विकास तथा समन्वय ईकाई मलंगवा सर्लाहीले समेत जिल्लाका सबै स्थानीय तहहरुलाई २०७१ माघ ७ गते नै पत्राचार गरेको शिक्षा विकास तथा समन्वय ईकाई सर्लाहीका कुशवाहाले बताए ।उनका अनुसार सो पत्रमा“जिल्ला अन्तरगतका केही स्थानीय तहबाट हुने गरेको करारमा शिक्षक नियुक्ति तथा सरुवाको सम्बन्धमा यस इकाइको ध्यानाकर्षण भएको छ।सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोग,टंगाल, काठमाण्डौको पत्र संख्या २०७६/०७७ मुद्धा,पुनरावेदन तथा बहस पैरवी महाशाखा चलानी नं. ५८७१ मिति २०७६/०६/१५ गते,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,सूचना तथा प्रविधि शाखा,सिंहदरवार,काठमाण्डौंको पत्र संख्या २०७६/०७७ चलानी नं. १६२,मिति २०७६/०६/२९ गते र शिक्षा तथा मानव स्रोत विकास केन्द्र,शैक्षिक योजना तथा विकास महाशाखा,शिक्षक व्यवस्थापन समन्वय शाखा,सानोठिमी,भक्तपुरको पत्र संख्या २०७७/०७८ शि.व्य. चलानी नं. १८१ मिति २०७७/ १२/३० गतेको पत्र समेतमा शिक्षा ऐन,२०२८ (संशोधन सहित) तथा शिक्षा नियमावली,२०५९ (संशोधन सहित) हालसम्म कार्यान्वयनमा रहेको हुदाँ करार शिक्षक नियुक्ति गर्दा नियुक्तिको प्रक्रियाका सम्बन्धमा सोही नियमावलीको नियम ९६(क) र ९७ मा स्पष्ट व्यवस्था भएको र शिक्षक सरुवा गर्ने अधिकार सोही ऐनको दफा १६ (ज) एवम सोही नियमावलीको नियम ९९ बमोजिम शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखले गर्ने व्यवस्था उल्लेख भएको तथा स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को परिच्छेद ३ को दफा ११ को २ को (ज) मा स्थानीय तहको आधारभूत तथा माध्यमिक शिक्षा सम्बन्धी काम,कर्तव्य र अधिकारमा उल्लेखित २३ वटा बुदाँमा करारमा शिक्षक नियुक्ति एवम सरुवा सम्बन्धी व्यवस्था उल्लेख नभएको हुदाँ करारमा शिक्षक नियुक्ति तथा सरुवा शिक्षा विकास तथा समन्वय इकाइको समन्वय,सहयोग र सहकार्यमा मात्र गर्नु÷गराउनु हुन अन्यथा शिक्षा ऐन÷नियमावली विपरित हुने करारमा शिक्षक नियुक्ति तथा सरुवामा शिक्षा विकास तथा समन्वय इकाइबाट कुनै कारवाही नहुने व्यहोरा अनुरोध छ।”भनिएको छ ।तर सर्लाहीका अधिकांश स्थानीय तहहरुले माथिल्लो निकायको परिपत्रलाई वेवास्था गर्दै आफुखुसी शिक्षक नियुक्त गर्ने तथा सरुवा गर्ने काम गरि रहेका छन् ।
पत्रअनुसार करारमा शिक्षक नियुक्त गर्न विज्ञापन गर्नु पुर्व शिक्षा विकास तथा समन्वय ईकाई मलंगवा सर्लाहीसंग सहमती तथा अनुमती नलिएको र शिक्षक छनोट समितिमा विज्ञ राख्दा शिक्षा विकास तथा समन्वय ईकाईले सार्वजनिक गरेको विज्ञहरुको सूचि अनुसार गर्नुपर्नेमा विज्ञ समेत नियुक्त नगरी सिधै विद्यालयका प्रधानाध्यापक अन्जु हुजेदार थारुले करार सूचिमा परेका बलराम जैसीलाई नियुक्त गरेका पाइएपछि सो विषयमा चासो राख्दा शिक्षा,युवा तथा खेलकुद शाखाका संयोजक हरि प्रसाद दाहालले इश्वरपुर नगरपालिका १४ मा शिक्षक नियुक्त गर्न अत्यन्तै कठिन रहेको भन्दै घुमाउँरो पारामा आर्थिक चलखेल भएको बताएका छन्।सोही विषयलाई समेटेर विभिन्न मिडियाहरुमा समाचार प्रकाशन भएपछि विद्यालयका प्रधानाध्यापक थारुले भए÷गरेका कमिकमजोरी सच्याउनुको सट्टा विद्यालय र नेपाल शिक्षक महासंघ इश्वरपुर नगर समिति मार्फत मिडियामाथि दोषरोपण गर्दै विज्ञप्ती जारी गरेपछि उक्त विषय झन विवादमा तानिएको हो ।
समाचार प्रकाशन गर्नु पुर्व सो विषयमा बुझ्न प्रधानाध्यापक थारुलाई फोन गर्दा फोन नउठाउने र पछि कुनै एउटा दलको भातृ संघ÷संगठनमा गएर आफ्ना कमि कमजोरीहरु लुकाउन मिडियालाई दोषारोपण गरी विज्ञप्ती जारि गरिएपछि कमलामाई मिडिया प्रा.लि.ले सो विषयमा थप चासोका साथ समाचारजन्य सामाग्रीहरु प्रकाशन गर्न थालेको हो। प्रधानाध्यापक थारुले नेपाल शिक्षक महासंघ इश्वरपुर नगर समिति सभापति एवम इश्वरपुर नगरपालिका ८ रामपुरमा रहेको आदर्श आधारभूत विद्यालयकी प्रधानाध्यापक लक्ष्मी कुमारी बाँनियालाई फोन गर्न लगाई आफ्ना कमि कमजोरी लुकाउने प्रयास गरेका थिए ।
के छ जनता प्रा.लिले निकालेको विज्ञप्तीमा ?

janta.png
विद्यालयमा रिक्त प्रा.वि राहत दरबन्दीमा करारमा शिक्षक भर्नामा आर्थिक अनियमितता र प्रचलित शिक्षा नियमावली विपरित भएको भन्ने कमलामाई खबरमा आएको समाचार प्रति विद्यालय परिवारको गम्भीर ध्यानाकर्षण भएको छ ।वडाध्यक्षले नै शिक्षक भर्नामा विद्यालयका प्रधानाध्यापक र ईश्वरपुर नगरपालिका शिक्षा शाख प्रमुखले आर्थिक अनियमितता र प्रचलित शिक्षा नियमावली विपरित शिक्षक भर्ना गरेको भन्ने मिडियामा दिएको अभिव्यक्ति प्रति हाम्रो आपत्ति रहेको छ।मिडियाले पनि वास्तविकता नबुझी एक प्रक्षिय ढंगले समाचारलाई प्रसारण तथा प्रकाशन नगर्न अनुरोध गरिन्छ।विद्यालयले २०८१/०८/६ गते रिक्त प्रा.वि राहात दरबन्दीमा करारमा शिक्षक भर्ना गर्न विज्ञापन आव्हान गरेको थियो।
विज्ञापन आव्हान पछि शिक्षक सेवा आयोगले प्रकाशित गरेको करार सुचीका ४ जना र खुला तर्फका १२ जना गरि १६ जनाको दरखास्त परेको थियो।जसमा शिक्षक सेवा आयोगले प्रकाशित गरेको करार सुचीमा रहेका ४ जना मध्ये पहिलो बरियता क्रममा पर्ने क्रम संख्या ११ का बलराम जैसीलाई विद्यालय व्यवस्थापन समितिको मिति २०८१।०८।२६ गतेको बैठकले करार नियुक्ति दिने निर्णय गरेको हो।शिक्षा नियमावली २०५९(नयाँ ससोधन) को नियम १७ मा करारमा शिक्षक नियुक्ति सम्बन्धि व्यवस्था गरेको छ।उक्त नियमको उपनियम (१) र (२) मा नेपाल सरकारबाट स्वीकृत दरबन्दीमा स्थायी शिक्षक नियुक्ती हुन नसकी तत्काल करारमा शिक्षक नियुक्ति गर्नुपर्ने भएमा आयोगबाट करारमा शिक्षक नियुक्तिका लागि प्रकाशित भएको सुचीमा रहेका उम्मेदवारहरू मध्येबाट व्यवस्थापन समितिले बढीमा एक शैक्षिक सत्रका लागि करारमा शिक्षक नियुक्ति गर्न सक्ने प्रावधान रहेको छ।
 सोही प्रावधान अनुसार करार सुचीका उम्मेदवार नियुक्ति गर्दा कसरी कहाँ र कुन तवरले आर्थिक अनियमितता र नियमावली विपरित भयो थाहा भएन।त्यसैले पत्रकार तथा संचारकर्मी मित्रहरू एक पक्षिय ढंगले समाचार सम्प्रेषण नगर्न अनुरोध गरिन्छ।”तर मंसिर २६ गते विद्यालय व्यवस्थापन समितिको बैठक बस्ने क्रममा विवाद भएपछि अहिलेलाई यो कार्य स्थगित गरी केहीदिनपछि नियमानुसार गरौँ भन्दै आफु बाहिरिएको र प्रधानाध्यापक थारुले आफुखसी जैसीलाई नियुक्त गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमेश कुमार महतोले बताएका छन् ।विद्यालयले हामीलाई उपलब्ध गराएको मंसिर २६ गतेको विद्यालय व्यवस्थापन समितिको निर्णय पुस्तिकाको छाँयाँकपीमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महतोको हस्ताक्षर केरमेट गरिएको छ ।
नेपाल शिक्षक महासंघ ईश्वरपुर नगर कार्य समितिको विज्ञप्तीमा के छ ?

nc.jpg
“ईश्वरपुर नगरपालिका १४ मा रहेको श्री जनता प्रा. वि. हरकठवामा रिक्त प्रा.वि राहत दरबन्दीमा करारमा शिक्षक भर्नामा आर्थिक अनियमितता र प्रचलित शिक्षा नियमावली विपरित भएको भन्ने समाचार प्रकाशन भएको प्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ।ईश्वरपुर नगरपालिका १४ का वडाअध्यक्ष सित कुमार महतो कोइरीले खुला प्रतियोगिता परीक्षा गराई आफ्ना आफन्त र निकटकालाई शिक्षक भर्ना गर्न करार सुचीका उम्मेदवारको दरखास्त नलिन प्रधानाध्यापकलाई दवाव दिदै आएको र करार सुचीका उम्मेदवारको दरखास्त परेपछि वडाअध्यक्षले विज्ञापन स्थगित गर्न अनेक दवाव दिदै आएको अवस्थामा हाल वडाअध्यक्षले नै शिक्षक भर्नामा विद्यालयका प्रधानाध्यापक लगायतले आर्थिक अनियमितता र प्रचलित शिक्षा नियमावली विपरित शिक्षक भर्ना गरेको भन्ने मिडियामा दिएको अभिव्यक्ति प्रति हाम्रो आपत्ति रहेको छ।समाचारमा आर्थिक अनियमितता र प्रचलित शिक्षा नियमावली विपरित भएको भनिएको छ।यस विषयमा के भएको हो भनेर एक पटक प्रधानाध्यापक लगायत आरोप लगाइएका पक्षलाई बुझनु पर्छ कि पर्दैन।कसैले भनेका भरमा दुइपक्षिय कुरा नबुझी अरूको चरित्र हत्या गर्ने काम किन गरियो।मिडियाले वास्तविकता नबुझी वडाअध्यक्षको एकोहोरो कुरा सुनेर एक पक्षिय ढंगले प्रकाशन गर्न नहुने,समाजमा भ्रम फैलाउन नहुने,प्रेस जगत स्वतन्त्र निश्पक्ष,न्यायिक हुनुपर्नेमा कसै अमुक व्यक्तिको मुखपत्र बन्न नहुने र पत्रकारको आचारसहिंता र धर्म भुल्न नहुने हाम्रो बुझाइ छ।
 यस विषयमा सम्बन्धित मिडिया हाउसले उक्त समाचारको विषयमा सत्यतथ्य बुझी समाचारको खण्डन गर्न र यदि त्यसो नभए आवश्यक कानुनी प्रक्रियामा जाने व्यहोरा सुचित गरिन्छ।वास्तविकता के हो ? भने विद्यालयले २०८१/०८/०६ गते रिक्त प्रा.वि राहत दरबन्दीमा करारमा शिक्षक भर्ना गर्न विज्ञापन आह्वान गरेको थियो।विज्ञापन आह्वान पछि शिक्षक सेवा आयोगले प्रकाशित गरेको करार सुचीका ४ जना र खुला तर्फका १२ जना गरि १६ जनाको दरखास्त परेको थियो।जसमा शिक्षक सेवा आयोगले प्रकाशित गरेको करार सुचीका उम्मेदवार क्रम संख्या १०१ का पुजा अधिकारी,क्र.म संख्या ८० का निलम कुशवाह, क्र.म संख्या ७५ का प्रमोद कुमार साह र क्र.म संख्या ११ का बलराम जैसीको दरखास्त परेको थियो ।
शिक्षा नियमावली २०५९ (नवौं संसोधन) को नियम ९७ मा करारमा शिक्षक नियुक्ति सम्बन्धि व्यवस्था गरेको छ।उक्त नियमको उपनियम (१) र (२) मा नेपाल सरकारबाट स्वीकृत दरबन्दीमा स्थायी शिक्षक नियुक्ती हुन नसकी तत्काल करारमा शिक्षक नियुक्ति गर्नुपर्ने भएमा आयोगबाट करारमा शिक्षक नियुक्तिका लागि प्रकाशित भएको सुचीमा रहेका उम्मेदवारहरू मध्येबाट व्यवस्थापन समितिले बढीमा एक शैक्षिक सत्रका लागि करारमा शिक्षक नियुक्ति गर्न सक्ने प्रावधान रहेको छ।
सोही प्रावधान अनुसार करार सुचीका पहिलो बरियता क्रममा पर्ने क्रम संख्या ११ का बलराम जैसीलाई विद्यालय व्यवस्थापन समितिले मिति २०८१/०८/२६ गते करार नियुक्ति दिने निर्णय गरेको हो।नेपाल सरकारले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिसकेको सन्दर्भमा आफ्नो स्वार्थ पुरा नभएपछि रिसले रन्थनियका वडाध्यक्ष सित कुमार महतो कोइरीले विभिन्न माध्यमबाट प्रधानाध्यापक र शिक्षा शाखा प्रमुखलाई बदनाम गर्ने उदेश्यले अभिव्यक्ति दिनु राम्रो पक्ष नभएको महासंघको ठहर छ। तसर्थ मिडिया हाउसलाई भ्रम छर्ने काम गरि शिक्षा क्षेत्रलाई विवादित नबनाउन, दुबै पक्षका भनाइ समेटि समाचारमा सन्तुलन ल्याउन र यस्ता अवाञ्छित क्रियाकलाप गर्ने कानुन बारे जानकार भएपनि समाजमा भ्रम छर्ने जनप्रतिनिधिलाई आवश्यक कानुनी कारबाहीको दायरामा नल्याए नगर भित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरू अनिश्चितकालीन बन्द गरी चरणबद्ध आन्दोलनमा जानेछौँ ।”नेपाल शिक्षक महासंघ ईश्वरपुर नगर कार्य समितिकी सभापति लक्ष्मी कुमारी बानियाँले हस्ताक्षर गरी जागरि गरिएको विज्ञप्तीमा उल्लेख छ ।
विद्यालयलाई शान्ती क्षेत्र घोषणा गरी राजनीतिक मुक्त बनाउने भनिएको भएपनि एउटा आधारभूत तहको विद्यालयकी प्रधानाध्यापक बानियाँ आफैँले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तीमा नगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरू अनिश्चितकालीन बन्द गरी चरणबद्ध आन्दोलनमा जाने उल्लेख गरिनु नेपालको संविधान र बालबालिकाको शान्तीपुर्ण रुपमा पढ्न पाउने अधिकारबाट बञ्चीत गर्ने अभिव्यक्ति रहेको जानकारहरु बताउँछन्।उनीहरुका अनुसार फोन गर्दा फोन नउठाउँने प्रधानाध्यापक थारु कुनै दलको भातृ संघ तथा संगठनमा पुगेर एक पक्षिय भ्रामक समाचार भन्नुको सट्ट आफुले गरेका कमिकमजोरी सुधार गएर नियमानुसार हुने काम गर्न लाग्नु पर्ने हो ।शिक्षा विकास तथा समन्वय समिति सर्लाहीसंग कुनै किसिमको अनुमती तथा सहमती नलिएको,शिक्षक नियुक्ती गर्दा भएको बैठकको निर्णयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महत्तोकोे हस्तक्षर केरमेट भएको र विज्ञ समेत नियुक्त नगरी शिक्षक नियुक्ती गरिएको लगायतका प्रमाणहरु कमालमाई मिडिया प्रा.लि.संग सुरक्षित रहेका छन् ।
कुनै पनि समाचार प्रकाशन गर्दा सरोकारवाला भन्दा बाहिरि कुनै दलका भातृ तथा शुभेच्छुक संघ/संगठनलाई सोधी रहनु नपर्ने पत्रकारीताको मर्म र भावना अनुसार विद्यालयका प्रधानाध्यापक थारुलाई फोन गरिएको तर फोन नउठेको, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महत्तोलाई फोन गरी कुरा भएको प्रमाण,इश्वरपुर नगरपालिका १४ सम्बन्धीत वडा भएकाले वडा अध्यक्ष सित कुमार महतोसंग भएको कुराकानीको प्रमाणका साथै नगरपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख हरि प्रसाद दाहालसंग भएको कुराकानीको प्रमाण कमलामाई मिडिया प्रा.लिसंग सुरक्षित रहेको छ ।
यतिको विज्ञप्ती जारी गर्न सक्ने प्रधानाध्याप द्धय थारु र बानिँयालाई कुनै पनि पत्रकारले आफ्ना कुरा लेख्दैनन् र प्रमाण विना लेख्दैनन् भन्ने थोरै भएपनि ज्ञान हुनु पर्ने हो ।तर आफ्ना कार्यकर्ता प्रधानाध्यापक थारुलाई बचाउँ गर्दै विज्ञप्ती जारी गर्नसक्ने सभापति बानियाँले आफ्ना श्रीमान  सिन्धुलीको कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र पोख्रेललाई समेत कमालमाई मिडिया प्रा.लिलाई सो समाचारको विषयमा फोन गर्न लगाएकी छन् ।

सम्बन्धित समाचार