Close This

१७० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ सय १२,थपिएका कोरोना संक्रमितहरुमा सर्लाहीका ५ जना

पत्र पत्रिका    प्रकाशित: २०७७-२-१६ गते   ४४९ पटक हेरिएको

शुक्रबार एकै दिन १७० जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसँगै संक्रमितको संख्या१२ सय १२ पुगेको छ। 
मन्त्रालयका अनुसार अहिलेसम्म १०६ जना निको भएका छन् भने कोरोनाका कारण पाँच जनाको मृत्यु भइसकेको छ।शुक्रबार १९ जना डिस्चार्ज भएका छन्। मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार काठमाडौंको टेकु अस्पतालबाट २, पाटन अस्पतालबाट ७, बलम्बुको अस्पतालबाट दुई र दाङको कोरोना विशेष अस्पतालबाट आठजना शुक्रबार डिस्चार्ज भएका हुन्। योसँगै कोरोना जित्नेको संख्या २०६ पुगेको छ। भने कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार अहिले ९९ हजार एक सय ३६ जना क्वारेन्टाइनमा  छन्। संक्रमणको आशंकामा आइसोलेसनमा राखिएकाको संख्या एक हजार पुगेको छ। मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ६४ हजार एक सय ५४ र आरडीटी विधिबाट एक लाख पाँच हजार चार सय ७८  जनाको नमुना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार दुई सय ३८ र आरडीटी विधिबाट तीन हजार आठ सय ४४ नमुना परीक्षण गरिएको छ।   
भने आज थपिएका कोरोना संक्रमितहरुमा सर्लाहीका ५ जना रहेका छन । यससंगै जिल्लामा अब संक्रमितको संख्या ४६ पुगेको छ । आज पुष्टि भएका नया संक्रमित मध्ये ४ जना कौडेना गाउँपालिकाका र एकजना सर्लाही घरभई काठमाडौंमै बसोवास गर्ने र काठमाडौंबाटै परिक्षण गराएका रहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech