Close This

नेकपा(माओवादी केन्द्र) लालबन्दी १५ र १६ को वडा अधिवेशन सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-४ गते   १२५ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १५ र १६ मा नेकपा(माओवादी केन्द्र)ले प्रथम वडा अधिवेशन सम्पन्न गरेको छ । प्रथम वडा अधिवेशनले वडा नम्बर १५ मा ५१ सदस्यीय वडा कमिटि चयन गरेको छ । भने १६ मा २९ जनाको वडा कमिटि सर्व सहमत चयन गरेको नेकपा(माओवादी केन्द्र) सर्लाहीले जनाएको छ ।


लालबन्दी नगरपालिका १५ को वडा कमिटीको अध्यक्षमा रामहरी रेग्मी मगर, उपाध्यक्षमा शंकर बुढाथोकी,सचिवमा चन्द्रबहादुर खड्का, सह सचिवमा कमला स्वांवा परियार र कोषअध्यक्षमा याङ्ग्रीमाया गोले लगायत ४६ सदस्य चयन गरेको हो भने ५ जना सदस्यहरु पछि चयन गरिने नेकपा(माओवादी केन्द्र) लालबन्दी नगरपालिका १५ वडा कमिटिले जनाएको छ ।
त्यस्तै लालबन्दी नगरपालिका १६ को वडा कमिटीको अध्यक्षमा तिक बहादुर घलान,उपाध्यक्षमा चोमत बहादुर दाहाल,सचिवमा विष्णु कुमार दार्जी,सह सचिवमा रामजी फुँयाल  र कोषअध्यक्षमा जीत कुमारी थापा लगायत २९ सदस्य चयन गरेको छ । भने नेकपा(माओवादी केन्द्र) लालबन्दी नगरपालिका १६ वडा कमिटिले  ९ जनालाई नगर प्रतिनिधिहरु समेत चयन गरेको छ । जसमा ओम प्रकाश थापा,राजु बुढाथोकी,वृद्धि बहादुर सुनुवार,दिवाकर केसी,तिलक बहादुर सुवेदी,कलम आचार्य(इन्द्र)ज्ञान बहादुर बस्नेत,कमला थापा र सिता खड्का रहेका वडा कमिटिका अध्यक्ष तिलक बहादुर घलानले जानकारी दिनु भयो ।


त्यसैगरी लालबन्दी नगरपालिका १५ मा २६ जना र लालबन्दी नगरपालिका १६ को कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि  ४० जना विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु नेकपा(माओवादी केन्द्र)मा प्रवेश गरेका नेकपा(माओवादी केन्द्र) सर्लाहीले जनाएको छ ।
लालबन्दी नगरपालिका १५ को वडा अधिवेशनमा पार्टी वडा कमिटि अध्यक्ष हेम बहादुर कार्कीको अध्यक्षतामा र लालबन्दी नगरपालिका १६ को अधिवेशन वडा अध्यक्ष गणेश थापाको अध्यक्षतामा भएको थियो । दुवै कार्यक्रममा नेकपा(माओवादी केन्द्र) जिल्ला समन्वय समिति सर्लाहीका संयोजक कमल बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो भने नेकपा(माओवादी केन्द्र) प्रदेश २ प्रदेश कमिटि सदस्य महिला नेतृ सावित्री बुढाथोकीको विशिष्ट आतिथ्यता रहेको थियो । 


कार्यक्रमका प्रमुख अतिथि नेकपा(माओवादी केन्द्र) जिल्ला समन्वय समिति सर्लाहीका संयोजक बुढाथोकीले नेकपा(माओवादी केन्द्र)ले गरेका काम जनतामाझ पुर्याएमा मात्र पनि आगामी निर्वाचनमा नेकपा(माओवादी केन्द्र) धेरै स्थानबाट विजयी हुने बताउनु भयो । उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै बोलेर,भाषण गरेर भन्दा पनि काम गरेर देखाउनु आवश्यक रहेको बताउनु भयो । साथै कार्यक्रममा बोल्ने वक्ताहरुले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली स्थानिय निकायको निर्वाचनमा वडा कमिटिको अध्यक्ष लड्न आएमा आफुहरुले जमानत जफत गरिदिने बताएका छन् ।  

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech