Close This

खाद्य संकट रोक्न इश्वरपुरमा खाद्य बैंक स्थापना

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-१८ गते   ४४८ पटक हेरिएको

सरकारले कोरोनाको संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनका कारण चुल्हो बाल्नै नसक्ने परिवारलाई खाद्य सामग्री घरमै पुर्या्दिने ईश्वरपुर नगरपालिकाले व्यवस्था गरेको छ । त्यस्ता परिवारलाई तत्काल घरमा राहत पुर्याउन नगरपालिकाले खाद्यान्न बैंक स्थापना गरेको हो ।
जनप्रतिनिधी, प्रहरी, राजनीतिकदल र स्थानीय संघ संस्थाले सिफारिस गरेपछि ती परिवारलाई नगरपालिकाले खाद्य सामाग्री दिने नगर प्रमुख मनोज कुमार देवकोटाले कमलामाई खबरलाई जानकारी दिनु भयो । कोरोना महामारीपछि विपन्न परिवारमा आर्थिक संकट परेपछि ईश्वरपुर नगरपालिकाले यसअघि ८ हजार विपन्न तथा गरिब घर परिवारलाई चामल, दाल, खानेतेल, नुन लगायतका सामग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
कोरोना भाइरसको संक्रमणबाट जोगिन तथा जोखिम न्यूनिकरणका लागि नगरपालिकाले उच्च सर्तकता समेत अपनाएको छ । नगरपालिकाले कोरोना संक्रमणवाट बच्न गरिएको लकडाउनले प्रभावित भएका विकास निर्माणका कामलाई पनि अघि बढाउने भएको छ ।नगरभित्र विशेषगरि कल्भर्ट, नदि नियन्त्रण, भवन निर्माण लगायतका निर्माणमा काम शुरु गर्न लागिएको नगर प्रमुख देवकोटाले बताउनुभयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech