राप्रपा पथरीको अधिवेशन सम्पन्न,अध्यक्षमा पुन खत्री चयन

339 Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मोरङको पथरी नगरपालिकाको अधिवेशन सम्पन्न भएको छ।पथरी नगरपालिकाको पथरी नगरपालिकाको सभा हलमा भएको अधिवेशनले पुन हरेन्द्र खत्रीको अध्यक्षतामा  २१ सदस्यीय राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)पथरी नगर समिति सर्वसहमत चयन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मोरङकी जिल्ला समिति सदस्य तथा निर्वाचन समिति सदस्य शोभा प्याकुरेलले जानकारी दिईन् ।

r2.jpg
उनका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सल्लाहकार समिति सदस्य एवम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मोरङको निर्वाचन समितिका अध्यक्ष उद्धव चन्द्र घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशी प्रदेश समिति सदस्य राजेन्द्र ढकाल,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मोरङका कार्यवाहक अध्यक्ष राजेश मास्के,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मोरङका जिल्ला सचिव एवम निर्वाचन समितिका सचिव जय सिटौला लगायतको विशेष उपस्थितिमा पथरी नगरपालिकाको अधिवेशन सम्पन्न भएको हो ।

सम्बन्धित समाचार