सर्लाहीको ईश्वरपुरमा असोज १७ गतेबाट सुरु भएको मेयर कप वडास्तरिय नक आउट फुटबल प्रतियोगिताको आईतबारको पहिलो खेलमा इश्वरपुर नगरपालिका ८ क्वाटर फाईनलमा प्रवेश गरेको छ ।इश्वरपुर नगरपालिका ८ र १४ को प्रतिस्पर्धा हुनु पर्नेमा इश्वरपुर नगरपालिका १४ प्रतियोगितामा सहभागी हुन नआएपछि इश्वरपुर नगरपालिका ८ स्वतह क्वाटर फाईनलमा प्रवेश गरेको आयोजक इश्वरपुर नगरपालिकाले जनाएको छ ।
त्यस्तै आईतबार नै भएको दोस्रो खेलमा इश्वरपुर नगरपालिका ९ लाई १ गोलअन्तरले पराजित गर्दै इश्वरपुर नगरपालिका ६ क्वाटर फाईनलमा प्रवेश गरेको छ ।सोमबार(भोली) हुने पहिलो क्वाटर फाइनल खेलमा इश्वरपुर नगरपालिका ८ र ३ का साथै दोस्रो खेल इश्वरपुर नगरपालिका १२ र ४ वीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । इश्वरपुर नगरपालिका ३,४,६,८,१० र १२ र वाई पाएर इश्वरपुर नगरपालिका ७ क्वाटर फाईनलमा प्रवेश गरेका छन् ।
असोज २४ गतेसम्म संचालन हुने प्रतियोगितामा नगर भित्रका सबै वडाले सहभागिता जनाएका आयोेजक इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले जानकारी दिए ।उनका अनुसार प्रतियोगिताको बिजेताले रु ५१ हजार नगद,उप बिजेताले रु ३१ हजार नगद र तेस्रो हुने टिमले रु ११ हजार नगद प्राप्त गर्ने छन्।
नेपालीहरुको महान चाड वडादशैँको शुभकामना अदान प्रदान गर्ने र स्थानीय स्तरमा खेलाडी उत्पादन गर्ने उद्धेश्य सहित इश्वरपुरमा मेयर कप वडा स्तरिय नक आउट फुटबल प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।खेलकुदको माध्यामबाट नै राष्ट्रिय अन्र्तराष्ट्रिस्तरमा पहिचान बनाउन सकिने भएकाले पछिल्लो समय देशभरका प्राय स्थानीय तहहरुले विभिन्न अवसरहरुका साथै समयमा खेलकुद प्रतियोगिता आयोजना गर्ने गरेका छन् ।