शसस्त्र प्रहरी र भन्सारका कर्माचारीको मिलेमतोमा खुलेआम तस्करी

2k Shares

 सर्लाहीको बलरा नाकाबाट खुलेआम रुपमा तस्करी भई रहेको छ । बलरामा छोटी भन्सार कार्यालय रहेपनि भन्सार छलीका सामान अवैध रुपमा नेपाल प्रवेश गरि रहेका छन् ।  बोर्डर आउट पोष्ट(बिओपी) मधुवनीका शसस्त्र प्रहरी कर्माचारीहरु र छोटी भन्सार कार्यालय बलराका कर्माचारीहरुको मिलेमतोमा सो नाकाबाट खुलेआम रुपमा भन्सार छलीका सामानहरु नेपाल भित्रने तथा नेपालबाट अवैध रुपमा भारत जाने गरेका पाइएको छ ।
बोर्डर आउट पोष्ट(बिओपी) मधुवनीका बिओपी पति शसस्त्र प्रहरी निरिक्षक फणिन्द्र गोले विगत करिब अढाई वर्षदेखि सोही स्थानमा रहेका र उनका साथै छोटी भन्सार कार्यालय बलराका कर्माचारीहरुको मिलेमतोमा भन्सार छलेर अवैध रुपमा तस्करहरुले किरानाका साथै चिनी,कपडा,मलखाद,कुखुरा नेपाल भित्र्याउने र नेपालबाट बालुवा,गिटी र ढुङ्गा भारत तर्फ पठाउने गरेका पाइएको छ ।
नेपाल भारत खुल्ला सिमाना रहेका कारण सुरक्षाकर्मीहरु र भन्सारका कर्माचारीहरुले कमिसन असुल्ने र भन्सार छलेर अवैध तरिकाबाट किरानाका साथै चिनी,कपडा,मलखाद,कुखुरा नेपाल भित्र्याउने र नेपालबाट बालुवा,गिटी र ढुङ्गा आयात निर्यात गर्ने गरेका एक स्थानियले बताए । 
शसस्त्र प्रहरी सुरक्षा वेस सुन्दरपुर चोहर्वाको टोलीले करिब ८ लाख बराबरको भन्सार छलीको सामान नियन्त्रणमा लिएपछि सो सामान कुन नाकाबाट प्रवेश गर्यो भन्ने विषयमा खोजतलास हुँदा मधुवनीबाट सो सामान अवैध तरिकाबाट नेपाल भित्रिएको पाइएको शसस्त्र प्रहरीका एक अधिकारीले बताए । सो नाकाबा साथै बिओपी सिमरा,खुटौना,बारा,छतौना,भाँडसर,बहादुरपु लगायतका नाकाबाट शसस्त्र प्रहरी कर्माचारीहरुको मिलेमतोमा भन्सार छलीका सामानहरु नेपाल भित्रने गरेका पाइएको छ ।
मधुवनी नाकाबाट  बरहथवा तर्फ आउँँदै गरेको ना ६  ख ४५४७ नम्बरको बसलाई शंका लागि चेकजाँच गर्दा ५४ थान  इलेक्ट्रिक लाइट ,२२ इन्चका  ३० थान एलइडि टिभी र          ३६ थान सारी बरामद् भएपछि सो नाकाबाट छोटी भन्सार कार्यालयका कर्माचारीहरु र शसस्त्र प्रहरीको मिलेमतोमा भन्सार छलेर नेपाल भित्रिएको पाइएको हो ।
शसस्त्र प्रहरी बल नेपाल नं १० हे.क्वा.गण सर्लाहीका शसस्त्र प्रहरी प्रमुख शसस्त्र प्रहरी उपरिक्षक भरत खनिँयाका अनुसार मधुवनी नाकाबाट  बरहथवा तर्फ आउँँदै गरेको ना ६  ख ४५४७ नम्बरको बसलाई शंका लागि चेकजाँच  ५४ थान  इलेक्ट्रिक लाइट ,२२ इन्चका  ३० थान एलइडि टिभी र ३६ थान सारी गरी कुल रु ८ लाख १३ हजारको सामान नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएको सो सामान आवश्यक कार्बाहीका लागि जिल्ला भन्सार कार्यालय सर्लाही बुझाइएको शसस्त्र प्रहरी बल नेपाल नं १० हे.क्वा.गण सर्लाहीका शसस्त्र प्रहरी प्रमुख शसस्त्र प्रहरी उपरिक्षक खनिँयाले जानकारी दिनु भयो ।

सम्बन्धित समाचार