उद्योगको दुर्गन्धनले बगदहवासी आक्रान्त

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-११-२६ गते   ३२८ पटक हेरिएको

सर्लाहीको बगदह स्थीत महालक्ष्मी चिनी उद्योगबाट निकस्ने दुगन्धले गाउ नै दुर्गन्धीत बनेको छ । दुर्गन्धको कारण मानव वस्ती आक्रान्त बनेको छ भने सडकमा हिड्न समेत मुस्कील भएको छ ।
चिनी उद्योग पछाडि रहेको डिष्टिलरीबाट बग्ने झोलिलो पदार्थले गाउ नै दुर्गन्धीत बनेको छ । मानव स्वास्थ्यको लागि घातक धुंवा धुलो र दुर्गन्ध नगर भरि फैलिदा सर्वसधारणहरु नाक मुख छोपर हिड्न बाध्य छन । दुर्गन्धबाट यस क्षेत्रका मानिसलाई घरबाट बाहिर निस्कन समेत समस्या परेका छन् । दुर्गन्धले स्वास्थ्य व्यक्ति बिरामी अवस्था आएको छ भने दिर्घ रोगीहरु थप मारमा परेका छन् । नगर भरि फैलिएको दुर्गन्धनका कारण मानव वस्ती आक्रान्त हुदाँ समेत स्थानिय सरोकारवाला निकाय मौन छ ।
दुर्गन्धनको कारणले मानवलाई सांस फेर्न समेत समस्या भएपछि स्थानियवासीहरु निकै आक्रासित बनेका छन् । स्थानियवासीहरुले विभिन्न निकायहरुमा आफ्नो समस्यालाई लिएर ध्यानाकर्षण समेत गराएका छन् । तर यस विषयमा कसैले चासो लिएको देखिदैनन् ।सरोकारावाला निकायलाई ध्यानाकर्षण गराउदा समेत कुनै चासो नलिएको गोडैता नगरपालिकाका स्थानियवासी सुरज यादवले बताउनु भयो । पटक पटक सरोकारवाला निकायलाई ध्यानाष्र्कण गराउँदा समेत सरोकारवाला निकाय मौन देखिएको छ ।
आफुहरुलाई दुर्गन्धको कारणले निकै समस्या भएको स्थानिय अञ्जना साहले बताउनु भयो । धुलो धुवांले आक्रान्त भएपछि गत वर्ष समेत स्थानियवासीहरुले आन्दोलन गरेका थिए । तर यसको सुनवाई नभएको उनिहरुको भनाई छ । आन्दोलनको कारणले समस्या आउने गरिएपनि समस्या भने जस्ताको त्यस्तै देखिएको छ । तत्काल सरोकारवाला निकायको ध्यान भने यस तर्फ जानुपर्ने स्थानियवासीहरुको भनाई छ । वर्षेनी दुर्गन्धनले स्थानिय आजित बन्दा समेत स्थानियवासीहरुको कुनै सुनवाई नभएको स्थानियको आरोप छ । 
यो हरेक वर्षको समस्या नै रहेको स्थानिय सुरेश झाको भनाई छ । तर कसैले सुनवाई गरेको देखिदैनन । स्थानिय स्तरको समस्यालाई समाधान गर्ने दायित्व स्थानिय सरकारको रहेको भएपनि स्थानिय सरकार समेत मौन बनेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech