Close This

सर्लाहीमा सरोकारवाला कै मिलेमतोमा मिलेमतोमा अवैध रुपमा नदी दोहन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-९ गते   ४३७४ पटक हेरिएको

 सर्लाहीको लालबन्दी नगरपालिका र इश्वरपुर नगरपालिकाको सिमाना रहेको फुलजोर खोलामाट अवैध ढङ्गले नदी दोहन भएको भन्दै स्थानिय आक्रोसित बनेका छन् ।
फुलजोर खोलाबाट अवैध ढङ्गले गिट्टी, बालुवा निकासी पैठारी गर्नेकाम निरन्तर हुँदा समेत आफुहरुले नगरपालिकालाई जानकारी गराउँदा पनि नगरपालिकाले वेवास्था गरेको भन्दै  स्थानिय आक्रोसित बनेका छन् ।
हरेक वर्ष दुइ नगरपालिकाले आलोपालो  ठेक्का लगाउने यस नदीमा यस वर्ष इश्वरपुर नगरपालिकाले भ्याट बाहेक ३१ लाखमा ठेक्का लगाएको छ । स्थानिय विकास पुर्वाधारमा नदीबाट निस्कने नदीजन्य पर्दाथको प्रयोग गर्ने सर्तमा नगरपालिकाले वातावरणिय मुल्यांकन प्रतिवेदन अनुसार ठेक्का लगाएको नगर प्रमुख मनोज कुमार देवकोटाले बताउनु भयो । स्थानियका अनुसार दिन दहाडै अवैध तरिकाबाट नदी उत्खनन गरेर ढुङ्ग,गिट्टी, बालुवा 
निकासी गरि नजिकैको क्रसरलाई नदी जन्य पर्दाथ दिएकोपाइएको भन्देस्थानियले आक्रोस व्यक्त गरेका हुन । तर वातावरणिय मुल्यांकन प्रतिवेदन अनुसार नभई अवैध तरिकाबाट नदीजन्य पदार्थको दोहन हुँदा पनि सम्बन्धीत स्थानिय निकाय मौन देखिएको छ ।
फुलजोर खोलामा सुकन्या वशिष्ट कन्स्ट्रक्सनले वातावरणीय मूल्याङ्कन प्रतिवेदन विपरीत नदी दोहन गरी नजिकै रहेको क्रसर उद्योगलाई खोलाको गिटी, बालुवा दिने गरेको भएपनि इश्वरपुर नगरपालिका मौन देखिएको हो ।
स्थानिय विकासको नाममा करिब ३२ लाखमा लागेको ठेक्कामा 
वातावरणीय मूल्याङ्कन प्रतिवेदन विपरित भएको पाइएमा आवश्यक कार्बाही गर्ने इश्वरपुर नगरुपालिकाका प्रमुख प्रशासकिय अधिकृत उद्धय प्रसाद देवकोटाले बताउनु भयो । तर निरन्तर अनुगमन नहुँदा  नगरपालिकासंगको सम्झौता र वातावरणिय मुल्यांकन प्रतिवेदन विपरित नदी दोहन भइ रहेको छ । फुलजोर नदीमा दिन दहाडै खोलमा २ वटा स्काभेटर प्रयोग गरेर नदी दोहन गर्दा पनि सरोकारवाला निकाय मौन बस्नुले मिलेमतो रहेको आशंका गर्न सकिन्छ । फुलजोर, कालिञ्जोर र लखनदेही खोलामा मापदण्ड विपरीत अत्यधिक दोहन भइरहेको छ ।
स्थानिय निकायका प्रमुख,प्रमुख प्रशासकिय अधिकृत,योजना शाखा,प्राविधिक शाखा र लेखा शाखालाई मिलाएर ठेक्का पाएका ठेकेदारहरुले मनोमानी तरिकाबाट नदी दोहन हुँदा समेत नियमन गर्ने निकाय जिल्ला समन्वय समिति पनि मौन बसेको छ । राष्ट्रिय गौरबको आयोजनामा नदीजन्य पदार्थको प्रयोग गर्ने भन िस्थानिय क्रसरहरुमा नदी जन्य पर्दाथ गएको स्थानिय पनिकायलाई जानकारी हुँदा पनि मौन बस्नुले कमिसनको खेलमा लागेको प्रष्ट बुझ्न सकिन्छ ।
पूर्व–पश्चिम रेलमार्गको नजिकैबाट प्रष्ट देखिने गरी जथाभावी उत्खनन् भइरहँदा समेत जिल्लाका सरोकारवाला निकाय मौन बसेका छन् । ठेक्का लगाइएका ठाउँमा समेत स्थानीय निकायले बेवास्ता गर्दा दुर्घटना निम्तिने गरी अत्यन्त ठूला ठूला खाल्डो पारेर गिट्टी, बालुवा निकाल्ने काम भइरहेको भन्दै स्थानिय बासिन्दाले गुनासो गरेका छन् ।
खोला उत्खनन् बारे नियमित अनुगमन हुन सकेको छैन । कहिले काहीँ हुने अनुगमन र कारवाही खासै प्रभाकारी नदेखिएको जनगुनासो छ ।
जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले नियमित अनुगमन गरिरहेको बताउँनु भयो । उहाँले पनि अनुगमन गर्दा वातावरणीय मूल्याङ्कन प्रतिवेदन विपरीत उत्खनन् गरेको पाइएमा आवश्यक कारवाही गर्ने बताउनु भयो । 
भने,जिल्लाका नदीहरुको ठेक्का पाएका ठेकेदार कम्पनीहरुले जिल्ला समन्वय समिति सर्लाहीबाट सहमती लिएरनदी दोहन गरेको बताए छन् । सभापति चौधरीले त्यसको अस्विकार गर्नु भएको छ ।
सर्लाहीमा अहिलेसम्म वातावरणीय मूल्याङ्कन प्रतिवेदन विपरीत उत्खनन् गरेको भनेर कुनै पनि ठेकेदार र ठेकेदार कम्पनीलाई कारवाही नगरेको पाइएको छ । खोला दोहनदेखि ठेक्कापट्टा कसलाई र कतिमा पार्ने भन्ने विषयमा जिल्लाका केही ठेकेदारको हातमा रहने गरेको देखिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech