भौतिक विकासका तीन महत्वपुर्ण आधारहरु मध्य बाटोघाटो,खानेपानी र उर्जा(जल विद्युत) मध्य सर्लाहीले तीनवटै चिज प्राप्त गरेको नेपाल सरकार उर्जा,जलस्रोत तथा सिचाइ मन्त्री पम्फा भुसालले बताउनु भयो । जिल्लाको लालबन्दी नगरपालिका १ स्थित नवलपुरमा निर्माण भएको १३२÷३३ केभिए ग्रिड नवलपुर सवस्टेशन आयोजनाको उद्घाटन गर्न सर्लाही आउनु भएकी मन्त्री भुसालले यस्तो बताउनु भएको हो ।
उहाँले कार्यक्रममा जिल्लाका जनताको आर्थिक सामाजिक विकासमा विद्य्ुती करणले महत्वपुर्ण भुमिका खेलेको बताउनु भयो । विद्युतीकरणको विस्तारले औद्योगिक क्षेत्रको विकासमा विशेष टेवा पुर्याउने बताउनु भयो । नेपाल सरकार र विद्युत प्राििधकरणले जिल्लाका जनताहरुको आर्थिक सामाजिक विकासमा टेवा पुर्याउँदै जनताले उत्पादन गरेका स्थानिय वस्तुहरुको बजार व्यावस्थापनको क्षेत्रमा समेत सरकारले विशषे ध्यान दिने बताउनु भयो ।
यता,हरेक नेपालीको घरमा विद्युत सेवा विस्तार गर्ने नेपाल सरकार र विद्युत प्राधिकरणको योजना रहेको नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनु भयो । उहाँले लालपुर्जा नहुने सुकुम्वासी नेपालीले पनि विद्युत सेवा पाउने बताउनु भयो ।
मधेश प्रदेशमा ९९ दशमलव ५ प्रतिशत विद्युतीकरण भई सकेको आफुहरुसंग तथ्यांक रहेको र सुकुम्वासी वस्तीहरुमा केही समस्या भएको भएपनि नेपाल सरकार र प्राधिकरणले सो समस्या व्यवस्थापनका लागि काम गर्न सम्बन्धी जिल्लाहरुका विद्युत प्राधिकरण वितरण केन्द्र तथा सव स्टेशनहरुलाई निर्देशन दिईसकेको निर्देशक घिसिङले बताउनु भयो ।
गत कार्तिक १० गतेदेखि टेस्टिङ तथा संचालन गरेको १३२÷३३ केभिए ग्रिड नवलपुर सव स्टेशन आयोजनाको मंगलबार उर्जा,जलस्रोत तथा सिचाइ मन्त्री भुसाल र नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले एकैसाथ उद्धघाटन गर्नु भएको हो ।
करिब रु ५६ करोडको लागतमा सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरस्थित लखन्देखी नदी नजिकै ग्रिड सवस्टेशन आयोजना करिब २ वर्ष लगाएर तयार पारिएको आयोजनाका प्रमुख निरन्जन साहले जानकारी दिनु भयो । उहाँका अनुसार आर्थिक वर्ष २०७५÷०७६ बाट निर्माणको काम सुरु भएको आयोजनाले लालबन्दी,हरिवन,हरिपुर, मलङगवा र बरहथवा वितरण केन्द्र अन्तर्गत ११ तथा ३३ केभिए प्रशारण लाइनमा सप्लाई दिने गरी काम गरि रहेको छ ।
जिल्लामै पहिलो ग्रिड सवस्टेशन आयोजना बनेपछि सर्लाहीका लागि लामो जंगल छिचोल्दै रौतहटको चन्द्रनिगाहपुरदेखि विद्युत् ल्याउनुपर्ने बाध्यता अन्त्य भएको छ । नवलपुर सव स्टेशन आयोजना निर्माण भएर सञ्चालनमा आएपछि रौतहटको जंगलमा सामान्य प्राविधिक समस्या आउँदा जिल्लाभर घण्टैँ विद्युत् अवरुद्ध हुने समस्याबाट सर्लाहीबासी मुक्त भएका छन् ।
नवलपुर सव स्टेशन आयोजना निर्माण भएपछि विद्युत आपूर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउने उद्देश्यले नवलपुर सव स्टेशन आयोजना १३२÷३३ केभिएको ६३ एमभीए क्षमताको ग्रिड सबस्टेशन निर्माण गरिएको र जिल्लाका अधिकांश वितरण केन्द्रहरुमा विद्युत सेवा विस्तार गरि सकिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीका प्रमुख संजिव साहले बताउनु भयो । भारतीय कम्पनि पावर टेक र नेपाली वाइवा कम्पनिले ‘ज्वाइन्ट भेन्चर’मा ग्रीड सवस्टेशन निर्माणको काम गरेको थियो ।