३ लाख मागेका र नदिएपछि पटेल म विरुद्ध खनिए : शाखा अधिकृत साह

307 Shares

राैतहटकाे चन्द्रपुर नगरपालिकाका शाखा अधिकृत मिश्रीलाल साहले आफुलाई पत्रकार भनेर चिनाउने अभिमन्यु पटेलले आफुसँग ३ लाख मागेका र नदिएपछि आफुमाथि खनिएका दावी गरेका छन् । उनका अनुसार पटेलले आफ्नो व्यक्तिगत फेसबुक एकाउन्ट र टिकटक एकाउन्ट मार्फत साहको चरित्र हत्याको प्रयास गरिरहेका छन् ।

यसअघि पटेलले साहकी श्रीमती रोशनी कुमारी साहको एउटा भिडियो आफ्नो सामाजिक सञ्जालमा व्यक्तिगत एकाउन्टमा हालेका थिए । सो भिडियो हालेपश्चात आफुले पटेललाई फोन गरेर एकतर्फी भिडियो नहाल्न भन्दै घटनाको वास्तविकता बुझेर मात्रै प्रकाशन प्रसारण गर्न भनेको कुरा रेकर्ड गरेर मंगलबार सामाजिक सञ्जालमा हालेको साहको गुनासो छ ।

उनले पटेलले आफुसँग बारम्बार पैसा माग्ने गरेको र उनले मागेकाे पैसा नदिएपछि आफ्नो बदनाम गर्ने काममा लागेका उनले दावी गरे । हामीलाई प्राप्त साह र पटेल बीचको फेसबुक म्यासेन्जरमा भएको कुराकानीमामा पटेलले ३ लाख रुपैया मागेको प्रष्टै बुझिन्छ । उनले सो कुराकानीमा भनेका छन्, ‘ केही खर्च ३ लाख छोडेर जानु । बाँकी के गर्ने हो म भन्छुँ ।’ सो कुराकानीमा पटेलले साहसँग बारम्बार आफुलाई भेट्न भनेको र फोन , एस एम एस को रिप्लाई नदिएको गुनासो पनि गरेका छन् । उनले आफु चपुर आएको र भेट हुन सक्छ कि भनेर साहसँग सोधेका छन् । उनले कुराकानी कै सिलसिलामा आफु साहलाई भेट्न दिनभर चपुरमा बसेको तर साहको फोन स्विच अफ भएपछि राती ९ बजे गौर फर्किएको जिकीर गरेका छन् ।

‘म सामान्य कर्मचारी कसरी ३ लाख दिनसक्छुँ,म आफै पिडित छुँ । न्यायको लागि न्यायलयको ढोका ढक्ढकाइरहेको छुँ । बिना गल्ती म उसलाई किन दिनु त्यत्रो पैसा?’ साहले भने । उनले आफु कुनै पनि काममा गलत नभएको बरु श्रीमतीबाट उल्टै पिडित भएकाले नियोजित ढंगले श्रीमती र उनको माइती पक्षसँग मिलेर आफुसँग पैसाको बार्गेङिग गरेको र आफु बार्गेङिगमा नझुकेपछि बदनाम गरेको बताए ।

उनले पटेलले आफुलाई दिएको मानसिक यातना,अनावश्यक बदनामी र बार्गेङिग विरुद्ध न्यायको लडाइ लड्ने पनि बताउँदै पत्रकारको नाममा सिंगो पत्रकारितालाई बदनाम गर्ने पटेललाई कारवाही हुनुपर्ने माग गरेका छन् । यसरी पत्रकार बनेर अनावश्यक कानुन विपरित हर्कत गरे पत्रकारिताको इज्जत माटोमा मिलाउने विरुद्ध नेपाल पत्रकार महासंघ र पत्रकार जगत कडा हुनुपर्ने स्थानीय सर्वसाधरणको माग रहेको छ ।

सम्बन्धित समाचार