सिन्धुलीमा एक वर्षमा नौ हजार सात सय ४२ वटा नागरिकता वितरण

240 Shares

aजिल्ला प्रशासन कार्यालय सिन्धुलीले आर्थिक वर्ष २०८१/०८२ मा करिब आठ हजार राहदानी सेवा प्रदान गरेको छ । २०८१ को साउन देखि २०८२ को असार मसान्त सम्मको अवधिमा कुल सात हजार आठ सय ८९ वटा राहदानीका लागि आवेदन परेका जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रविण कटवालले जानकारी दिए।
 उनका अनुसार सो अवधिमा १५ हजार आड सय ५० वटा राष्टिूय परिचय पत्र दर्ता भएका छन् भने नौ हजार सात सय ४२ वटा नयाँ नागरिकता वितरण गरिएको छ ।सात हजार सात सय पाँच वटा नागरिकताका प्रतिलिपि बनाउँदा तीन हजार ६१ जना महिला र चार हजार छ सय ४५ जना पुरुषले नागरिकता प्रतिलिपि प्राप्त गरेका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए।दुई वटा नगरपालिका सहित सात वटा गाउँपालिका रहेको सिन्धुलीमा २०७८ सालको जनगणना अनुसार एक लाख ४७ हजार ६५ जना पुरुष र एक लाख ५२ हजार नौ सय ६१ जना महिला गरी सिन्धुलीको कुल जनसंख्या तीन लाख २६ जना रहेको छ ।
 तीन लाख जनसंख्यालाई जिल्ला प्रशासन कार्यालय सिन्धुली एक्लैले उक्त कार्यालयबाट प्रदान हुने सेवा प्रवाह गरी रहेको छ । जहाँ संस्था दर्ता,संस्था नविकरण, संस्था खारेजी, नावालक परिचय पत्र,पत्रपत्रिका दर्ता,छापाखाना दर्ता, हातहतियार दर्ता तथा नविकरण, भु.पु.सैनिक पेन्सन, जनजाती÷ दलित÷मधेशी प्रमाणित सिफारिस, नाम,थर र जन्म मिति प्रमाणित लगायत सयौँ काम गर्ने जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीहरुको चापका वावजुद पनि सेवा प्रवाह गरी रहेको प्रमुख जिल्ला अधिकारी भुसालले बताए ।
 जिल्ला प्रशासन ऐन,२०२८ र अन्य प्रचलित कानुन अनुसार प्रमुख जिल्ला अधिकारी जिल्लामा सरकारको प्रत्यक्ष प्रतिनिधि, प्रशासनिक संयोजक, कानुन कार्यान्वयन कर्ता र शान्ति(सुरक्षाको प्रमुख जिम्मेवारीका वाहक हुन्।उनीसँग जिल्ला भित्र कार्यपालिका, अर्धन्यायिक र सुरक्षा सम्बन्धी विस्तृत अधिकारका साथै  सयौँ समितिका संयोजक सहित सयौँ कामहरु प्रमुख जिल्ला अधिकारीले हेर्नुपर्ने कानूनी प्रावधान रहेको छ ।जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आर्थिक वर्ष २०८१/०८२ मा करिब आठ हजार राहदानी सेवा प्रदान गरेको छ।२०८१ को साउन देखि २०८२ को असार मसान्त सम्मको अवधिमा कुल सात हजार आठ सय ८९ वटा राहदानीका लागि आवेदन परेका जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रविण कटवालले जानकारी दिए।
 उनका अनुसार सो अवधिमा १५ हजार आड सय ५० वटा राष्टिूय परिचय पत्र दर्ता भएका छन् भने नौ हजार सात सय ४२ वटा नयाँ नागरिकता वितरण गरिएको छ ।सात हजार सात सय पाँच वटा नागरिकताका प्रतिलिपि बनाउँदा तीन हजार ६१ जना महिला र चार हजार छ सय ४५ जना पुरुषले नागरिकता प्रतिलिपि प्राप्त गरेका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए।दुई वटा नगरपालिका सहित सात वटा गाउँपालिका रहेको सिन्धुलीमा २०७८ सालको जनगणना अनुसार एक लाख ४७ हजार ६५ जना पुरुष र एक लाख ५२ हजार नौ सय ६१ जना महिला गरी सिन्धुलीको कुल जनसंख्या तीन लाख २६ जना रहेको छ ।
 तीन लाख जनसंख्यालाई जिल्ला प्रशासन कार्यालय सिन्धुली एक्लैले उक्त कार्यालयबाट प्रदान हुने सेवा प्रवाह गरी रहेको छ । जहाँ संस्था दर्ता,संस्था नविकरण, संस्था खारेजी, नावालक परिचय पत्र,पत्रपत्रिका दर्ता,छापाखाना दर्ता, हातहतियार दर्ता तथा नविकरण, भु.पु.सैनिक पेन्सन, जनजाती÷ दलित÷मधेशी प्रमाणित सिफारिस, नाम,थर र जन्म मिति प्रमाणित लगायत सयौँ काम गर्ने जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीहरुको चापका वावजुद पनि सेवा प्रवाह गरी रहेको प्रमुख जिल्ला अधिकारी भुसालले बताए ।
 जिल्ला प्रशासन ऐन,२०२८ र अन्य प्रचलित कानुन अनुसार प्रमुख जिल्ला अधिकारी जिल्लामा सरकारको प्रत्यक्ष प्रतिनिधि, प्रशासनिक संयोजक, कानुन कार्यान्वयन कर्ता र शान्ति(सुरक्षाको प्रमुख जिम्मेवारीका वाहक हुन्।उनीसँग जिल्ला भित्र कार्यपालिका, अर्धन्यायिक र सुरक्षा सम्बन्धी विस्तृत अधिकारका साथै  सयौँ समितिका संयोजक सहित सयौँ कामहरु प्रमुख जिल्ला अधिकारीले हेर्नुपर्ने कानूनी प्रावधान रहेको छ ।

सम्बन्धित समाचार