संस्थाको विवरण अद्यावधिक गराउन बैशाख भरीको समय निर्धारण

263 Shares

जिल्ला प्रशासन कार्यालय सर्लाहीले कार्यालयमा दर्ता भएर संचालन भएका संस्थाहरुको विवरण अद्यावधिक गराउन बैशाख मसान्तसम्मको समय दिएको छ।कार्यालयले आज सूचना जारी गरी यही बैशाख मसान्तभित्र विवरण उपलब्ध नगराउने संस्था निष्कृय तथा संचालनमा नरहेको भनी अभिलेखित गरिने जनाएको हो ।
 जिल्ला प्रशासन कार्यालय सर्लाहीले जारी गरेको सूचनामा संस्था दर्ता ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा दर्ता भई संचालनमा रहेका संस्थाहरुलाई विवरण अद्यावधिक गराउन भनिएको छ । विवरणमा संस्थाको नाम,दर्ता नम्बर र मिति,संचालक तथा कार्य समितिका पदाधिकारीको नाम, कार्यालय ठेगाना,सम्पर्क नंम्बर, इमेल ठेगाना र नवीकरण भएको आर्थिक वर्ष उल्लेख गर्न भनिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रशासकीय अधिकृत जयकिशोर साहले हस्ताक्षर गरी जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 
उनका अनुसार कतिपय संघ÷संस्था दर्ता गर्ने र झोलामा कागज बोकेर मात्रै संचालन गर्ने गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले सो प्रवृत्तिलाई निरुत्साहित गर्न संस्थाको विवरण अद्यावधिक गराउन भनेको  हो।तर कम्पनी रजिष्टार मा दर्ता भएका तथा अन्य जिल्लामा दर्ता भएर शाखा कार्यालयको रुपमा सञ्चालित संस्थाहरुको सवालमा जिल्ला प्रशासन कार्यालय अन्यौलमा  देखिएको छ ।

सम्बन्धित समाचार