नेपाल पत्रकार महासंघ, सर्लाही शाखामा सर्लाहीका क्रियाशील पत्रकारहरुले विहिवार तालाबन्दी गरेका छन् । वर्षौदेखि नेपाल पत्रकार महासंघमा प्रक्रिया पूरा गरी डकुमेन्ट पेस गरेका जिल्लाका क्रियाशील पत्रकारहरूलाई लामो समयसम्म पनि सदस्यता नदिई विभिन्न बहानामा भइरहेको आलटालको विरोध गर्दै जिल्लाका सक्रिय पत्रकारहरुले कार्यालयमा तालाबन्दी गरेका ह्ुन ।
नेपाल पत्रकार महासंघ सर्लाहीका सह–सचिब सत्यप्रकाश यादवको नेतृत्वमा पत्रकारहरूको हकहितको पक्षमा लड्नु पर्ने संस्थाले जिल्लामा लामो समय काम गरिरहेका पत्रकारलाई समेत सदस्यता नदिएर अलोकतान्त्रिक र तानाशाही प्रवृत्ति देखाएको भन्दै कार्यालयमा तालाबन्दी गरेका हुन ।
आस्थाका आधारमा सदस्यता दिने परिपाटीको बिरोध गर्दैै नेपाल पत्रकार महासंघ सर्लाही शाखामा अनिश्चितकालीन तालाबन्दी गरिएको पत्रकार महासंघ सर्लाही शाखाका कोषाध्यक्ष रामगोबिन्द यादवले बताउनुभयो । साथै समयमै माग पूरा नभए शाखाबाट हुने निर्वाचन लगायतका कुनै पनि गतिविधि अगाडि बढ्न नदिने चेतावनी समेत पत्रकारहरुले दिएका छन् ।महा संघ सर्लाही शाखामा नयाँ ४५ जनाको आवेदन परेकामा ११ जनालाई मात्र सदस्यता दिएको छ भने पुराना सदस्यहरु समेत कटौती गरेको छ ।जहिले पनि जिल्लाका सक्रिय पत्रकारहरु मतदाताको रुपमा प्रयोग हुनु पर्ने तर पदाधिकारीहरुको हालीमुहाली चल्ने गरेको भन्दै सक्रिय पत्रकारले विरोध जनाएका हुन ।