नेकपा(एमाले) जिल्ला कमिटि सर्लाहीले जिल्लाका २० वटै स्थानीय तहहरुमा एकैदिन प्रतिनिधि छनोट गरेको हो । आफ्नो नवौँ अधिवेशनको तयारी थालेको एमाले सर्लाहीले जिल्लाका ११ वटा नगरपालिका र नौ वटा गाउँपालिका गरी २० वटै पालिकाहरुबाट एकैदिन चार सय ९३ जना प्रतिनिधिहरु छनोट गरेको नेकपा(एमाले)सर्लाहीका प्रचार विभाग प्रमुख गिता नाथ मैनालीले( केदार)ले जानकारी दिए ।
बैशाख ३० गते बाट उद्धघाटन हुने नेकपा(एमाले) सर्लाहीको नवौँ जिल्ला अधिवेशनका लागि जिल्लाका पालिकाका वडास्तरबाट तीन सय ९४ जनाको उपस्थिति रहने छ भने विभिन्न जनवर्गिय संगठनबाट ६० जना र नेकपा(एमाले) सर्लाही जिल्ला कमिटि सर्लाहीका पदाधिकारीहरु एवम सदस्यहरु(आयोजक)बाट एक सय ३५ र पाँच प्रतिशत मनोनीत गरि जम्मा करिब छ सय ५० जना प्रतिनिधिहरु छनोट हुने छन् ।
नेकपा(एमाले)का अध्यक्ष एवम पुव प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख ३० गते नवौँ अधिवेशन उद्धघाटन सत्रलाई सम्बोधन गर्ने गरी नेकपा(एमाले)सर्लाहीको नवौँ जिल्ला अधिवेशनको तयारी थालेको एमाले सर्लाहीका उपा अध्यक्ष विदुर कुमार प्याकुरेलले जानकारी दिए ।